कलाकारको अमेरिका प्रकरणः आयोजकको गल्ती या कलाकारको ?

म्यूजिक खबर
प्रकाशित: १२ कार्तिक २०८२, मंगलवार १९:१५
  • एलिनाकै कारण गायिका कला लम्सालले लेखेकि थिइन् स्टाटस !
  • गायिकाद्वय एलिना चौहान र कला लम्साल बीचमा के थियो ?

काठमाडौं । गायिका एलिना चौहान साढे दुई महिने सांगीतिक भ्रमण सकेर नेपाल फर्के लगत्तै आयोजकमाथि आरोप लगाउँदै स्टाटस लेखिन् । ‘यो टुर मेरो लागि सिकाइ बन्यो । कलाकारलाई सम्मान होइन, नोकरझैं व्यवहार गरियो । कसैले कैदीझैं महसुस ग¥यो, कसैले अपमान सहनु प¥यो ।’ उनले स्टाटसमै ‘आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन’ भनेकी छन् । कलाकारले धनभन्दा बढी इज्ज्जत, व्यवहार र कदर खोज्छ समेत उने भनेकी छन् । यो स्टाटस लेख्दै गर्दा गायिका एलिना चौहानले ‘अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस्’ भन्ने आसय पनि प्रकट गरेकी छन् । यो भन्दा पनि पहिला गायिका कला लम्साल विरामी परेर फर्कँदा गायिका चौहानले आयोजक ठीक हो, कला लम्साल बेठीक हो भन्ने आसयको स्टाटस लेखेर एउटा कलाकारमाथि नै अपमान गरेकी थिइन् । तर साढे दुईमहिनाको अमेरिका भ्रमण सरेर फर्किंदा त्यही ठीक भनिएको आयोजक कसरी बेठीक बन्न पुग्यो ? वास्तविकता के थियो, आयोजकको गल्ती या कलाकारको ? कार्यक्रम सकेर नेपाल फर्केपछि मात्रै किन लेखिन् एलिनाले स्टाटस ?
फ्लाई नेपाको आयोजनामा भएको ‘गाउँछ अमेरिका’ कार्यक्रममा अमेरिका पुगेकी थिइन् एलिना । सोही कार्यक्रममा गायिका कला लम्साल, गायक बद्री पंगेनी र गायक प्रताप दास पनि सहभागी थिए । फ्लाई नेपाको तर्फबाट विनोद अधिकारीले कलाकारलाई अमेरिका लगेका हुन् । गायिका एलिना आयोजक अधिकारीको प्रिय पात्रको रुपमा रहेको हुँदा तीन जना कलाकारलाई छाडेर गायिका चौहानलाई लिएर अघिल्लो दिन नै अधिकारी अमेरिका पुगेको निकट स्रोत बताउँछ । एउटै कार्यक्रममा सहभागी हुन जाने चार कलाकारमध्ये एक जना गायिका मात्र लिएर अघिल्लो दिन अर्थात् अगस्ट १४, २०२५ मा अमेरिका उडेका थिए अधिकारी । अन्य तीन जना कलाकार भने अगस्ट १५ दिन मात्र अमेरिका उडे । कार्यक्रम अगस्ट १७ देखि अमेरिकाको विभिन्न शहरहरुमा हुने पक्का थियो ।

कार्यक्रम तीज, दशैं र तिहारसम्म आयोजना गरिने गरी आयोजकले सम्झौता गरेर अमेरिका लगेका थिए । तीजमा गायिका कला लम्सालको राम्रो प्रस्तुति देखिएको थियो । त्यस्तै गायिका एलिनाले पनि तीज कार्यक्रममा सहभागी भएर प्रस्तुति दिएको देखिन्थ्यो । चारै जनाको कार्यक्रम सहज रुपले चलिरहँदा गायिका कला लम्साल ढाडको नशा सम्बन्धी बिरामी परिन् । उनले कार्यक्रमहरुमा प्रस्तुति दिन नसक्ने भएपछि उपचारको अनुरोध गर्दा आयोजकबाट नपाएको भनी ह्विलचेयरमा अमेरिकाबाट नेपाल फर्केकी थिइन् । नेपाल आउँदै गर्दा उनले कतार एयरपोर्टमा आइपुगेपछि आफ्नो वास्तविकता खोल्न बाध्य भएको भन्दै लामो स्टाटस लेखेकि पनि थिइन् ।

सोही बारेमा म्यूजिक खबरमा हामीले समाचार समेत तयार पारेका थियौं र त्यहाँ रहेका कलाकारहरुको भनाईलाई प्रष्ट राखेका थियौं । तर अहिले आएर गायिका एलिना चौहानले कार्यक्रम सकेर नेपाल आएलगत्तै स्टाटस लेखिनुले आयोजकको गल्ती हो कि भन्ने देखिन्छ । आयोजकको गल्ती हो भने किन अमेरिका छँदै गायिका चौहानले यी विषयमा वकालत गरिनन् त ? यो विषय अझैं रहस्यमय भएको छ ।

यही विषयलाई लिएर आयोजक विनोद अधिकारीसँग कुरा गर्दा गायिका एलिनाले नियम विपरीत गरेको कार्यलाई मैले आवाज उठाएको हुँ । उनलाई सम्झौता अनुरुप कार्यक्रम आयोजना गरेको र दिनुपर्ने पारिश्रमिक दिएको हुँदा आयोजको गल्ती नभएको बताए । गायिका चौहानले आयोजकको सम्झौता विपरीत विभिन्न संस्था र व्यक्तिसँग कार्यक्रमको लागि बार्गेनिङ गरेको र एड्भान्स पैसा समेत लिएको विषयलाई मैले सम्झौता विपरीत कार्य किन गरेको ? यो विषयमा कुनै अप्ठ्यारो आइपरे आयोजक जिम्मेवारी हुने छैन भन्ने कुरा गरेकै हो अधिकारीले भने – ‘तर आयोजकलाई नै बेवास्ता गरी आफूखुशी कुनै पनि कार्यक्रम बनाएर बाहिर काम गर्नु भने गैरकानूनी हो ।’

यही कुरालाई गायिका चौहानसँग कुरा गर्दा लामो समय ‘गाउँछ अमेरिका’मा सहकार्य गरियो । पछिल्लो समयमा आएर आयोजक विनोद अधिकारीले अनावश्यक तनाव दिन थाले, मैले पाँच वटा कार्यक्रमको पैसा एकैचोटी लिएर टिकट काटेर आएको हुँ । दुईवटा कार्यक्रम छाडेर आएको हुँ । मलाई अनावश्यक कुरा गरेको मन परेन, मेरो अधिकारको कुरा गरेँ आवाज उठाए र टिकट काटेर आएँ । नेपाल आएपछि स्टाटस लेखेको भए पनि मैले आयोजकसँगै आफ्नो कुरा राखेर आएको हुँ । मसँगै गायक प्रताप दास र गायक बद्री पंगेनी हुनुहुन्छ । सायद उहाँहरु पनि पीडित हुनुहोला तर उहाँहरु चुप बस्नु भयो मैले आवाज उठाएँ फरक त्यत्ति हो । मसँग उहाँका धेरै प्रमाणहरु छन् ।

गायिका चौहानले कला लम्सालको बारेमा भने बिरामी भएर नै आएको हो तर मेरो कुनै पनि नकारात्मक उद्देश्य कलादिदी प्रति छैन भनिन् । उहाँले अमेरिका छँदा नै बोल्नुपथ्र्यो नेपाल आएर बोल्नुभयो । भित्री कुरा के के भयो मलाई थाहा छैन तर म मेरो कुराबाट पछाडि हट्नेवाला छैन, एलिनाले म्युजिक खबरसँग भनिन् ।

एलिनाकै कारण गायिका कला लम्सालले लेखेकि थिइन् स्टाटस !
अमेरिकामा रहँदा गायिका कला लम्साल बिरामी परेर उपचारको खोजीमा थिइन् । उनले आफन्तहरुसँग बसेर पनि उपचार गरेर कार्यक्रममा सहभागी हुने योजना बनाउँदा उपचार सम्भव नभएको भनी नेपाल फर्काइएको थियो । उनी आँखाभरि आँसु बनाउँदै अमेरिकाको यात्रा टुंग्याएर नेपाल फर्किंदा गायिका एलिना चौहानले सेप्टेम्बर ८ मा स्टाटस लेखेकि थिइन्ः अमेरिकामा अब गाउँछ अमेरिका टुरको क्रममा रहनु भएकी लोकगायिका कला लम्साल स्वास्थ्यमा पुरानो रोग बल्झिएपछि स्वेच्छाले नेपाल फर्कनु परेको जानकारी गराउन चाहन्छौं । धेरैजसो शुभचिन्तकहरू, आयोजक साथीहरू तथा दर्शकहरू बीचमा भ्रम फैलिएको छ कि कलाकारलाई आयोजकले जबरजस्ती फर्काएको हो भन्ने — तर यो पूर्ण रूपमा गलत हो । उहाँले आफ्नो निर्णयमा आधारित भएर स्वास्थ्यलाई प्राथमिकता दिँदै नेपाल फर्किने निर्णय लिनु भएको हो । हामी सबैले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरौं। कला लम्सालको सम्मानमा अनावश्यक अफवाहमा विश्वास नगर्नुहुन सबैमा अनुरोध छ ।’

यो स्टाटस आएपछि गायिका लम्सालले पटक पटक आयोजक विनोद अधिकारीलाई हटाइदिन अनुरोध गरेकी थिइन् । तर गायिका चौहानले हटाउन नमानेको आयोजक अधिकारी बताउँछन् । गायिका लम्सालले पनि एलिनालाई स्टाटस इडिट गर्न आग्रह गरेको तर एलिनाले वेवास्ता गरेको लम्साल बताउँछिन् । त्यसपछि गायिका कला लम्सालले स्पष्टिकरण दिँदै सेप्टेम्बर १० तारिखमा स्टाटस लेखेकी थिइन् । यदि गायिका चौहानले गायिका लम्सालको आग्रह मानेको भए कुनै पनि स्टाटस बाहिर आउँदैनथ्यो होला ।

यो पनि पढ्नुहोस्
फ्लाई नेपा र गायिका लम्सालको बीच देखियो मतभेद, बाहिरियो आधिकारिक धारणा

गायिकाद्वय एलिना चौहान र कला लम्साल बीचमा के थियो ?

‘अब गाउँछ अमेरिका’ कार्यक्रम चल्दै गर्दा तीज विशेष कार्यक्रम लगायत विभिन्न स्टेज शोहरुमा गायिका लम्सालको क्रेज राम्रो देखिन्थ्यो । हुन त गायिका चौहानको पनि उत्तिकै क्रेज थियो । स्रोतका अनुसार बराबर रुपमा चौहान र लम्सालको क्रेज देखिए पनि बढी लम्सालतर्फ फ्यानहरु देखिनु गायिका चौहानका लागि त्यति राम्रो सन्देश थिएन । गायिका लम्साल लोकविधाबाट थिइन् भने चौहानले आधुनिक विधाको प्रतिनिधित्व गरेकोे देखिन्थ्यो । तर गायिका चौहानको मनमा गायिका लम्सालको क्रेज देख्दा कमाइमा आँच आउने मोह जागेको हुन सक्ने आँकलन धेरैले गरेका थिए । निकट स्रोतका अनुसार गायिका लम्सालको बढी क्रेज देखियो भने आफू लज्जित हुनुपर्छ कि भन्ने सोच चौहानको मनमा भएकैले पनि हतार हतार स्टाटस लेखेर आयोजक अधिकारीको मन जित्ने काम गर्न खोजेको पनि चर्चा थियो । अन्ततः लम्सालले ढाडको नशाको उपचार नपाएर फर्किन् र आयोजकले गरेका कामहरुको गुनासो पोखिन् ।

गायिका चौहानले आयोजकको नजिक बन्दा बन्दै आयोजकविरुद्ध नै लेख्ने भइन् । गायिका चौहान र गायक प्रताप दास सँगै बस्दै आएका थिए । उनले भाइटीका समेत लगाइन् । उनीहरुको सम्बन्धको बारेमा चासो भइरहेका बेला भाइटीका लगाएपछि झनै सामाजिक सञ्जालमा चर्चा चुलियो । साढे दुई महिनाभित्र कुनै आरोप प्रत्यारोप नदेखेकी गायिका चौहानले नेपाल आएपछि मात्रै आयोजक खराब किन देखिन् ? आयोजकले भनेजस्तै सम्झौता विपरीताका काम गर्न नपाउनु, बाहिरका टिपनटापन कार्यक्रम गर्ने सपना चकनाचुर भएको हुँदा यो स्टाटस आएको आयोजक अधिकारी बताउँछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु