इभेन्ट बेटर ग्यालेक्सीद्वारा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान

म्यूजिक खबर
प्रकाशित: २० आश्विन २०८१, आईतवार ०२:१२

काठमाडौं । बडा दशैं २०८१ सालको शुभअवसरमा इभेन्ट बेटर ग्यालेक्सी प्रा.लि.ले काठमाडौंमा शुभकामना आदनप्रदान तथा विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान प्रदान गरेको छ । दशैंको पहिलो दिन घटस्थापनाको अबसरमा इभेन्ट बेटर ग्यालेक्सीद्वारा शुभकामना आदन प्रदानसँगै विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका कलाकार, संगीतकर्मी, सञ्चारकर्मी तथा सामाजिक अभियान्तालाई ‘इबिजी छैटौं राष्ट्रिय व्यक्तित्व तथा सर्जक सम्मान २०८१’बाट सम्मानित गरियो ।
Sanju Neupane
चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसी तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको विशेष आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा चलचित्र क्षेत्रबाट निर्माता रौनक विक्रम कँडेल, संगीतकार दीपक शर्मा, गायिका सरिता भारती, गायिका सञ्जु न्यौपाने, सञ्चारकर्मी पारश प्रकाश नेपाल, सञ्चारकर्मी सोफिया महर्जन कार्कीलाई सम्मानित गरियो ।
Sarita Bharati

सामाजिक क्षेत्रबाट व्यवसायी तथा समाजसेवी नकुल गिरी, सुरेन्द्र गिरी सम्मानित भए । यस्तै सौन्दर्य क्षेत्रबाट पूर्व मिस नेपाल युनिभर्स तथा उद्यमी मनिषा डँगोल श्रेष्ठ, नृत्य कलाकार लिजा श्रेष्ठ, कोरियोग्राफर, मोडल एवम् मेकअप आर्टिष्ट स्वस्तिका भण्डारीलाई सम्मानित गरियो । ज्योतिष क्षेत्रबाट ज्योतिष नवराज भट्ट (भट्ट गुरु) सम्मानित भए ।
Paras Nepal
सम्मानितहरुलाई दशैंको टिका लगाएर शुभकामना दिँदै बोर्ड अध्यक्ष दिनेश डिसी, कलाकार संघका मोहन अध्यक्ष निरौला, रोज व्युटी एकेडेमीकी अध्यक्ष सोनी कारञ्जित, इभेन्ट बेटर ग्यालेक्सीका अध्यक्ष धिरज तण्डुकार, गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्री, गीतकार सुमन पण्डित लगायतले कार्यक्रममा सम्मान प्रदान गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु