कोरियाग्राफर झालाई नगद १ लाख सहित राष्ट्रिय युवा प्रतिभा सम्मान

म्यूजिक खबर
प्रकाशित: ८ पुष २०७७, बुधबार

काठमाडौं । देश विदेशका विभिन्न कार्यक्रममा फेसन र डान्स कोरियोग्राफी गर्दै आएका अश्विनीकान्त झा राष्ट्रिय युवाप्रतिभा सम्मान २०७७ बाट सम्मानित भएका छन्।
कविलासी नगरपालिक वडा नं ७ गौर घर भई राजधानीमा बसी सयौं सौन्दर्य प्रतियोगिता र फेसन शोमा कोरियोग्राफी गर्दै आएका झालाई मंगलबार युवा तथा खेलकुदमन्त्रालयले सिंहदरबारस्थित मन्त्रालय प्रांगणमा आयोजना गरेको एक समारोहमा सो सम्मानबाट सम्मानित गरेको हो ।

समारोहमा युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले कोरियोग्राफर झालाई नगद १ लाख रुपियाँ सहित राष्ट्रिय युवाप्रतिभा सम्मान २०७७ बाट सम्मानित गरेका थिए ।

मन्त्रालयले हरेक वर्ष विभिन्नविधामा राष्ट्रिय युवाप्रतिभा सम्मानप्रदानगर्दै आएबमोजिम यस वर्ष आधादर्जन विधामा सम्मानगर्ने क्रममा कला तथा कोरियोग्राफी क्षेत्रबाट यस वर्ष झालाई सम्मान गरेको हो। कला तथा कोरियोग्राफी क्षेत्रमा योगदान पु¥याए वापत झालाई यो सम्मानबाट सम्मानितगरिएको मन्त्रालयले जनाएको छ। यस वर्ष यो विधाबाट सम्मानित हुने झा एक्लो प्रतिभा हुन्।

लामो समयदेखि फेशन कोरियोग्राफी तथा नृत्य कोरियोग्राफी गर्दै आएका अश्विनीले हालसम्म २ सयभन्दा बढी व्युटी पेजेन्ट तथा फेशन शोकालागि कोरियोग्राफी गरिसकेका छन्। यस क्रममा उनले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय व्युटी पेजेन्ट र फेशन शोकालागि कोरियोग्राफी गरेका छन्।

यो सम्मानले आगामी दिनमा अभैm उत्कृष्ट र देशलाई चिनाउने कार्य गर्दै जाने प्रेरणा मिलेको अश्विनी बताउँछन्। ‘यो सम्मान सम्पूर्ण युवाहरुमा आआप्mनो क्षेत्रमा क्रियाशिलभई देशमा राम्रो काम गर्नेहरुप्रति समर्पण गर्दछु’ उनले भने।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु