
भाद्र १२, काठमाडौं । अमेरिकामा बसोबास गरिरहेकी गीतकार अम्बिका गुरुङका शब्दहरुको नयाँ आधुनिक गीत ‘आदत–२’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा गायक सुमन केसीको स्वरको उक्त गीतमा शंकर थापा स्माइलको कर्णप्रिय संगीत सुन्न सकिन्छ । उदयराज पौडेलले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।
भावसागर ईन्टरटेन्मेन्ट एलएलसीद्वारा प्रस्तुत गरिएको उक्त म्युजिक भिडियोलाई शान थापाले निर्देशन गरेका छन् । भिडियोमा अहिलेका चर्चित अभिनेताहरु पल शाह, पुष्प खड्का तथा निराजन प्रधानले अभिनय गरेका छन् । ती तीन जना चकलेटी अभिनेताहरुलाई सुन्दर अभिनेत्री दीपिका प्रसाईंले साथ दिएकी छिन् । झण्डै एक साता लगाएर छायांकन गरिएको उक्त भिडियोमा झण्डै १० लाख रुपैयाँ लगानी गरिएको बताइन्छ । मल्टि स्टारर भनिएको उक्त भिडियोलाई हालसम्मकै सबैभन्दा महंगो समेत भनिएको छ । भिडियोमा अनुराग ठकुरीको समेत विशेष भूमिका छ ।
भिडियोमा अभिनय गर्ने कलाकारका पहिरन आशिष पौडेल तथा कमल मानन्धरले डिजाइन गरेका हुन् । सुरेश काफ्लेद्वारा ड्रोन सञ्चालन गरिएको उक्त भिडियोलाई अर्जुन तिवारी, बुद्ध थापा तथा समुहले छायांकन गरेको हो । भिडियोमा विजय बस्यालको भिएफएक्स छ भने सुप्रिम पराजुलीले यसलाई सम्पादन गरेका छन् । राजिव समर भिडियोका कोरियोग्रँफर हुन् । टौवा क्रिएसनले उक्त भिडियो निर्माण गरेको हो ।
यस्तो छ म्युजिक भिडियो :