स्थापनाको ११ औं वर्षगाँठमा फेसियल हाउसले बाँड्यो खुशी

म्यूजिक खबर
प्रकाशित: १२ पुष २०७५, बिहीबार

काठमाडौं । सौन्दर्य क्षेत्रमा ख्याति कमाएको फेसियल हाउसले आफ्नो स्थापनाको ११ औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पुर्वअध्यक्ष चण्डिराज ढकाल र उपाध्यक्ष उमेशलाल श्रेष्ठको विशेष आतिथ्यतामा मङ्गलबार साँझ काठमाण्डौको वल्र्ड ट्रेड सेन्टरमा खुशी बाँड्दै कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा निर्माता संघका आकाश अधिकारी, मोडल दिक्पाल कार्की, गायक युवराज चौलागाँई लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । वार्षिकोत्सव कार्यक्रममा गायक टिका बोम्जम, उत्तम थापा लगायतले गीत प्रस्तुत गरेका थिए भने टिम इन्टरटेन्मेन्टको नृत्यले सबैलाई मनोरञ्जन दिलाएको थियो । चर्चित मेकअप आर्टिस्ट चन्द्र गुरुङको टिमको मारुनी नृत्य र फिटनेस सेन्टर जेनएक्सबाट रुक्साना लगायतको प्रस्तुति आकर्षणको केन्द्रविन्दु बनेको थियो । चर्चित कलाकार निरु खड्का ‘ठ्यासकुमारी’को कमेडी प्रस्तुति दर्शकमाझ प्रिय बन्यो ।

 


फेसियल हाउसले आफ्नो कर्मचारीको कामको कदर गर्दै हरेक वर्ष ‘स्टाफ इनकरेज्मेन्ट अवार्ड’ पनि प्रदान गर्दै आएको छ । यस वर्ष पनि फेसियल हाउसको ६ वटा ब्रान्चमा रहेका कर्मचारी मध्य १० जनालाई ‘स्टाफ इनकरेज्मेन्ट अवार्ड’ प्रदान गरिएको थियो । फेसियल हाउसको यस बर्षको कुशल व्यवस्थापकको अवार्ड सुमन शाहीलाई प्रदान गरिएको थियो भने उत्कृष्ठ कर्मचारीको अवार्ड सोनु कुमार शर्माले पाए । त्यस्तै अन्य कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई गेस्ट अफ अनरको सम्मान पनि प्रदान गरियो ।
स्थापनाको छोटो समयमै आफ्नो छुट्टै ब्रान्डको रुपमा चिनिन सफल यस फेसियल हाउसले काठमाण्डौको विभिन्न स्थान लगायत पोखरा र इटहरीमा समेत आफ्नो सेवा प्रदान गर्दै आएको छ । सेवाग्राही मात्र नभयर यहाँबाट ब्युटिसियन कोर्स लिएका थुप्रै विद्यार्थीहरु आज आत्मनिर्भर बन्न सफल भएका छन् । कार्यक्रममा बोल्दै फेसियल हाउसकी सञ्चालक सुष्मा महरा शाहले फेसियल हाउसलाई यहाँसम्म पु¥याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु