मिलन मोक्तानको अध्यक्षतामा फत्तेमान स्मृति प्रतिष्ठान स्थापना

म्यूजिक खबर
प्रकाशित: २५ भाद्र २०७७, बिहीबार

काठमाडौं । वरिष्ठ गायक फत्तेमान राजभण्डारीज्यको स्मृतिमा फत्तेमान ७ औँ पुन्य तिथिको अवसर पारेर स्मृति प्रतिष्ठान स्थापना गरिएको छ । साधना कला केन्द्रका अध्यक्ष एवं नेपाल सांगीतिक संघका अध्यक्षसमेत रहेका प्रतिष्ठित संगीतकार मिलन मोक्तानको अध्यक्षतामा स्मृति प्रतिष्ठानको स्थापना गरिएको हो ।
आजभन्दा ठिक ७ बर्ष अगाडि भौतिक शरिरलाई यहि धर्तीमा छाडेर अनन्त यात्रामा नफर्किने गरि महायात्रा गर्नुभएका सुमधुर गलाका धनी वरिष्ठ गायक फत्तेमान राजभण्डारी ७८ बर्षको उमेरमा निधन भएको थियो । करिब ६ दशक लामो समयसम्म संगीतको सेवामा निरनतर समर्पित रहेर भावी पुस्ताका लागि उहाँले असंख्यक मीठा मिठा र कर्णप्रिय गीत गाइ दिनुभयो । उहाँले नेपाली संगीतको फुलबारीमा अनेकौँ फुलहरु रोपी, गोडेर, फुलाई बगैंचा नै झिलिमिलि पार्नु भयो । जीवनको अन्तिम क्षणसम्म पनि सांगीतिक वागको स्याहार सुसार गरिरहनु भएको फत्तेमान राजभण्डारी राष्ट्रका एक अमुल्य सम्पत्ति हुनुहुन्छ । उहाँको योग्दानको कदर गर्दै उहाँको परिवार तथा विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरुको संलग्नतामा ७औँ पुण्य तिथीका दिन फत्तेमान स्मिृती प्रतिष्ठानको स्थापना गरिएको छ ।

उक्त प्रतिष्ठानको कार्यसमितिमा गायक राजभण्डारीको धर्मपत्नी जमुना राजभण्डारी तथा उहाँका जेठो र कान्छो सुपुत्र रविन्द्र राजभण्डारी र जितेन्द्र राजभण्डारी संरक्षकका रुपमा रहनुभएको छ ।
त्यस्तै प्रतिष्ठित संगीतकार तथा नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान प्रतिष्ठानको अध्यक्षमा रहनुभएको छ भने उपाध्यक्षमा संगीत रेकर्डिष्ट संघका अध्यक्ष दिप रत्न तुलाधर र नृत्य निर्देशक संघ नेपालका अध्यक्ष भुवन श्रेष्ठ उपाध्यक्ष पदमा चयन हुनुभएको छ ।
त्यसैगरी महासचिवमा समाजसेवी रमेश प्रधान रहनुभएको छ भने कोषाध्यक्षमा बिमल श्रेष्ठ रहनुभएको छ ।
सदस्यहरुमा डा.गौरीशंकर मानन्धर, श्याम स्मृत, सुप्रिया श्रेष्ठ, लोमस चापागाईँ, सुजाता वर्मालाई चयन गरिएको छ । प्रतिष्ठानको मानार्थ तथा सल्लाहकार समिति भने पछि गठन गरिने अध्यक्ष मिलन मोक्तानले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु