• चलचित्र विकास बोर्डले पोखरामा चलचित्र पर्यटन महोत्सव गर्ने

    म्यूजिक खबर
    प्रकाशित: २२ पुष २०८१, सोमबार

    काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा पर्यटकीय राजधानी पोखरामा फागुन १७ देखि १९ गतेसम्म चलचित्र पर्यटन महोत्सव आयोजना हुने भएको छ । महोत्सवमा पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम लगायतका संस्थाहरू प्रवद्र्धकको रूपमा रहने विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बताए ।

    चलचित्र पत्रकार संघ, पोखरा पर्यटन परिषद् लगायतका स्थानीय संघसंस्थाले महोत्सवमा सह–आयोजकको भूमिकामा सहकार्य गर्ने अध्यक्ष डिसीले बताए । चलचित्र छायांकनका लागि प्राकृतिक स्टुडियोका रूपमा परिचित पोखरा र गण्डकी प्रदेशलाई व्यापक रूपमा प्रवद्र्धन गर्नका लागि महोत्सव लाभदायी हुने पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु