चलचित्र विकास बोर्डले प्रदान गर्यो ७ चलचित्रकर्मीहरुलाई आर्थिक राहत

म्यूजिक खबर
प्रकाशित: ११ बैशाख २०८३, शुक्रबार १७:२४

काठमाडौं । अस्वस्थ रहेका तथा उपचार र स्वास्थ्यसम्बन्धी आर्थिक कठिनाइ सामना गरिरहेका चलचित्रकर्मीहरूलाई चलचित्र विकास बोर्डअन्तर्गत सञ्चालित चलचित्रकर्मी कल्याणकारी कोषबाट आर्थिक राहत हस्तान्तरण गरिएको छ।

नेपाली चलचित्र क्षेत्रमा आ–आफ्नो विधाबाट महत्वपूर्ण योगदान पुर्‍याएउँदै आएका चलचित्रकर्मीहरूको स्वास्थ्य, सम्मान र कठिन समयमा साथ दिने उद्देश्यसहित आज निम्न चलचित्रकर्मी तथा परिवारलाई सहयोग रकम प्रदान गरिएको हो।

सहयोग प्राप्त चलचित्रकर्मीहरूः

१.रोमा बिष्ट — कलाकार

२. क्षितिजा शाक्य — कलाकार

३. फडेन्द्र बहादुर विश्वकर्मा — द्वन्द्व कलाकार

४. पासाङ तेम्बा शेर्पा — कला निर्देशक

५. शान्तिप्रसाद उपाध्याय (शान्तिप्रिय) — चलचित्र पत्रकार

६. प्रवीण थापा — निर्माता र

७. स्व. अशोक रोक्का — वरिष्ठ श्रृंगारकर्मी

हस्तान्तरणमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, चलचित्रकर्मी कल्याण कोषका संयोजक बसुन्धरा भुसाल, तथा कोषका सदस्यहरू मोहन निरौला, नारायण प्रधान, जनकदीप पराजुली र पुष्कर लामाको उपस्थिति रहेको थियो।

चलचित्र विकास बोर्ड नेपाली चलचित्र क्षेत्रका स्रष्टा, कलाकार, प्राविधिक, पत्रकार तथा समग्र चलचित्रकर्मीहरूको सम्मान, सुरक्षा र कल्याणप्रति सदैव प्रतिबद्ध रहेको कुरा विकास बोर्ड सुत्रले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु