लकडाउनमा नवलका तीन चलचित्रका कथाः सामाजिक विषयवस्तुमा फरक धार

म्यूजिक खबर
प्रकाशित: २० भाद्र २०७७, शनिबार

सामाजिक विषयवस्तुमा केन्द्रित रहेर कथालाई पर्दामा उतार्न खप्पिस मानिन्छन् चलचित्र निर्देशक नवल नेपाल । उनले निर्देशन गरेका चलचित्र महसुस, श्रीमान, मारुनी, भाग सानी भाग सबैमा सामाजिक विषयवस्तुलाई उठान गरिएको छ । त्यसो त पछिल्लो समयमा उनले निर्देशन गरेको चलचित्र ‘मारुनी’मा उठाइएको विषयले पनि बजारमा राम्रो चर्चा पाएको थियो ।

यतिबेला मुलुकमा कोरोना भाइरसका कारणले सबै काम ठप्प छ । तर निर्देशन नवल नेपाललाई पनि लकडाउनले पनि साथ दिइरहेको छ । निर्देशक नेपालले लकडाउनको समयमा २ वटा चलचित्रको कथा लेखिसकेका छने भने अहिले उनी तेश्रो चलचित्रको कथाको तयारीमा छन् । त्यसो त निर्देशक नेपालले यो समयमा करिब ४–५ भागको वेव सिरिज पनि लेखेर सकेका छन् । मुलुकको परिस्थिति हेरे उनी वेभ सिरिज निर्माण गर्ने सोचमा पनि छन् । उनी भन्छन्– दशैं तिहारपछि पनि चलचित्रमा काम गर्ने वातावरण बनेन भने वेव सिरिज निर्माण ष्गर्छु ।’

निर्देशक नेपालले लेखेको कथाको एउटा स्क्रिप्टमा धार्मिक घटनाक्रहरुलाई आधुनिकिकरणमा रुपान्तरण गरिएको छ । जसले सामाजिक बिषयवस्तुलाई फरक रुपमा प्रस्तुत गर्ने उनले बताए । त्यसैगरी दोस्रो कथामा भने बाबु–आमाको प्यारो सन्तान हराएपछि उत्पन्न हुने घटनाक्रमलाई यथार्थ रुपमा चित्रण गर्ने प्रयास गरिएको छ । यतिबेला भने तेस्रो चलचित्रको कथा लेखिरहेका छन् । जुन कथाभित्र धनी र गरीब बर्गको कथालाई प्रस्तुत गरिएको छ । यी कथाहरुलाई उनले कुनै पनि निर्माताहरुसँग कुरा गरेका छैनन् । तर उनको यो कथामा निर्माण भएको चलचित्रले भने सामाजिक विषयवस्तुमा नयाँ आयाम थप्ने विश्वास भने लिन सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु