चलचित्र पत्रकार संघमा तीन जनालाई भारी मतले पछि पार्दै दिनेश सिटौला विजयी, रघुनाथले ल्याए सर्वाधिक मत

म्यूजिक खबर
प्रकाशित: ३ चैत्र २०७६, सोमबार
Film Journalist Association

काठमाडौं । चलचित्र पत्रकार संघको ८ औं महाधिवेशनबाट दिनेश सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्षको प्रत्यासीमा तीन जनालाई भारी मतले पछाडि पार्दै दिनेश सिटौलाले विजयी हासिल गरेका हुन् । सिटौलाले १३८ मत खसेकोमा ७१ मत ल्याएर विजयी भएका थिए । उनीसँगै अध्यक्षमा उम्मेदवारी दिएका डब्बु क्षत्रीले ३९ मत ल्याएका थिए भने गीता अधिकारी र अनिल यादवले १४–१४ मत ल्याएर पराजित भएका थिए ।
त्यसैगरी संघको चुनावमा सर्वाधिक मत ल्याएर सचिव पदमा रघुनाथ सापकोटा विजयी भएका हुन् । १३८ मत खसेकोमा रघुनाथ सापकोटाले १०५ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी आकाश खड्काले भने ३१ मत ल्याएर पराजित भए ।
सिटौलाको नेतृत्वमा निर्वाचित भएको कार्यसमितिको उपाध्यक्ष (कार्यक्रम)मा जीवन पराजुलीले ७४ मत ल्याएर विजयी भए भने उनका प्रस्तिपर्धी कुवेर गिरीले ६३ मत ल्याएर पराजित भए । त्यस्तै उपाध्यक्ष (संगठन)मा कुवेर डंगोल र उपाध्यक्ष (महिला)मा दीपज्योति खड्का निर्विरोध निर्वाचित भएका थिए ।
त्यस्तै महासचिव पदमा समीर बलामीले ८८ मत ल्याएर विजयी भएका थिए भने प्रत्यासी बैकुण्ठ पराजुलीले ५० मत ल्याएर पराजित भए । त्यस्तै सचिव (समावेशी)तर्फ विशाल राई निर्विरोध भएका थिए भने कोषाध्यक्षमा प्रदीप कार्की निर्विरोध भएका थिए । सहकोषाध्यक्षमा भने विनोद पोखरेलले ७२ मत ल्याएर विजयी भए कुमार आचार्यले ६० मत ल्याएर पराजित भए ।
त्यसैगरी संघको सदस्यहरुमा नवीन गिरी (१०५), मनिष अन्जान (८२), मिलन ढुंगाना (७६), गोपिकृष्ण चापागाईं (७५), आशिष ओली (६९) र सृष्टि पोखरेल (६६) मत ल्याएर सदस्यमा विजयी भएका थिए भने दिपक गुरुङ (समावेशी) र सुरक्षा भट्टराई (महिला) सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।
म्यूजिक खबर परिवार चलचित्र पत्रकार संघका नवनिर्वाचित पदाधिकारीहरुप्रति हार्दिक बधाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु