नेपालको आयोजनामा हुने तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव

म्यूजिक खबर
प्रकाशित: १४ चैत्र २०८०, बुधबार

काठमाडौं । बैशाख ६ गते देखि ८ गते सम्म रामेछाप नगर पालिकामा हुने भएको छ । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गर्दै महोत्सवको मिति सार्वजनिक गरिएको हो ।

प्रत्येक बर्ष फरक फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गर्ने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म,शर्ट फिल्म, डकुमेन्ट्री र कल्चर फिल्महरु प्रदर्शन गरिनेछ । साथै नेपाली सिनेमा पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न सम्वाद कार्यक्रमहरु पनि गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताए । निर्देशक कमल एक्चै मगर कार्यक्रमको संयोजक रहेका छन् । मगरले आफ्नै गृह जिल्ला यस्तो महोत्सव गर्न पाँउदा खुसी लागेको बताए ।

महोत्सवमा करिव २ दर्जन चलचित्र देखाउने र चलचित्रका सम्बन्धित ब्यक्तिहरु संग गाउँले दर्शकहरुले अन्तरक्रिया पनि गर्नेछन् । रामेछाप जिल्ला सिनेमा घर छैन । सिनेमा हेर्न रुचि राख्ने दर्शकहरुलाई यो महोत्सवले पुर्ण मनोरञ्जनका साथै नेपाली चलचित्र क्षेत्रको प्रचार प्रसार हुने आयोजकले अपेक्षा राखेको छ । महोत्सवमा करिब ३ हजार दर्शकको सहभागीता गराउने लक्ष्य आयोजकले लिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु