• बाँसुरी र सहनाईमा गुन्जिए धनबहादुर (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: ११ श्रावण २०७५, शुक्रबार

    ११ साउन, काठमाडौं । बाँसुरी एवं सहनाईवादक धनबहादुर गुरुङ राष्ट्रिय नाचघर जमलमा एकल प्रस्तुतिसहित गुन्जिए । उनले शास्त्रीय संगीतका धूनहरुमा आफ्नो प्रस्तुति दिएका हुन् । करिब ३ घन्टा लामो कार्यक्रमलाई सांस्कृतिक संस्थानले आयोजना गरेको थियो । प्रत्येक महिनाको दोस्रो विहिबार आयोजना हुँदै आएको वाद्यबन्दना कार्यक्रममा गुरुङले आफ्नो प्रस्तुति दिएका हुन् ।

    कार्यक्रममा बाँसुरी एवं सहनाइवादक धनबहादुर गुरुङलाई तमु कलाकार संघले हजारको नोटबाट बनाईको माला र गुरुङको पहिचान फेटा र घलेक लगाएर सम्मानसहित गरेको थियो । संघका अध्यक्ष राजु गुरुङसहितको कार्यसमितिको टोलीले उनलाई सम्मान गरेको थियो ।

    कार्यक्रममा धनबहादुरले आफ्ना विद्यार्थीहरुको साथमा समेत प्रस्तुति दिएका थिए भने गुरुङ कलाकारको कौडाधूनलाई खैंचडी र बाँसुरीमा प्रस्तुत गर्दै कार्यक्रम समापन गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु