असार २२ बाट नाचघरमा दोहोरीका ४० समूह भिड्दै

म्यूजिक खबर
प्रकाशित: २० असार २०७६, शुक्रबार

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र राष्ट्रिय नाचघरको संयुक्त आयोजनामा आगामी असार २२ देखि २५ गतेसम्म राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । नाचघरको प्रेक्षालयमा करिब ४० वटा समूहले सहभागी जनाउने कार्यक्रमका संयोजक एवं प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रमेश बिजीले बताए ।

प्रतिष्ठानका सल्लाहकार एवं वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगितामा मुलुकका विभिन्न जिल्लाहरु एवं दोहोरी समूहहरुले सहभागी जनाउँदैछन् । कार्यक्रम असार २२ गते ११ः३० बजेबाट सुरु हुँदैछ ।

गत वर्षजस्तै यस वर्ष पनि दोहोरी प्रतिस्पर्धा कसले हात पार्छ त्यो हेर्नका लागि असार २२ गतेदेखि २५ गतेसम्म नाचघरमा उपस्थित भई मनोरञ्जन लिनसमेत संयोजक बिजीले हार्दिक निमन्त्रणा गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु