किन गरिन् फुलन्देकी आमाले आत्महत्याको प्रयास ? (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: १८ माघ २०७६, शनिबार

काठमाडौं । फुलन्देकी आमाले किन आत्महत्याको प्रयास गरिन्, आखिर उनले यसो गर्नुपर्ने कारण के थियो ? कोसँगको प्रेमको कारणले उनले आत्महत्याको प्रयास गरेकी हुन् भन्ने कुरा उनले खेलेको म्यूजिक भिडियोले देखाउँछ । पछिल्लो चर्चाको शिखरमा रहँदै आएका उमेश राई उर्फ फुलन्देकी आमाले एउटा म्यूजिक भिडियोमा आत्महत्याको प्रयास गरेको दृश्यले सनसनी फैलिएको छ । तर वास्तविक जीवनमा भने उनले आत्महत्याको प्रयास गरेका होइनन् । उनले गायिका रश्मी राईको गीत ‘यो मान्छेको भीडमा’ को म्यूजिक भिडियोमा अभिनय गर्ने क्रममा आफ्नो भूमिका निर्वाह गरेकी हुन् ।

पछिल्लो समय चर्चामा रहँदै आईरहेकी गायिका रश्मी राईको ‘यो मान्छेको भीडभित्र’ गीत सार्वजनिक भएको छ । प्रतिभावन गायिका रश्मीको मिठो स्वरमा मार्मिक गीतको शब्द दान राई झरीको रहेको छ । गीतमा संगीत र संगीत संयोजन भने पुस्कर सुनुवारको रहेको छ ।
भिडियोलाई फुलन्देको आमा युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । ‘मान्छेको भिड भित्र….’ बोलको गीतको भिडियोलाई गीतकार दान राई ‘झरी’ ले निर्देशन गरेका हुन् । भिडियोमा फुलन्देको आमा ‘उमेश राई’, सुरज राई ‘खुईले डन’, मुना राई, डोजेन्द्र राईको साथमा स्वयं गायिकाको पनि जिवन्त अभिनय देख्न सकिन्छ । चर्चा बटुलिरहेको ‘मान्छेको भिड भित्र….’ गीतको भिडियोको पोष्ट प्रोडक्शन सेम्जोङ्ग फिल्मस् प्रा.लि.मा भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु