१२ करोडको लगानीमा मनोरञ्जन उद्यान

म्यूजिक खबर
प्रकाशित: १३ असार २०७५, बुधबार

बिष्णुकुमार देवकोटा
१२ असार, दाङ


खेल तथा मनोरञ्जनका लागि नीजि क्षेत्रबाट करीब १२ करोडको लगानीमा पस्चिम नेपालमै पहिलो पटक घोराही उपमहानगरपालिका वडा न. १० दक्षिण अमराईमा “मनोरञ्जन उद्यान”को निर्माण गरीदै छ ।

पस्चिम नेपालमै पहिलो पटक घोराही उपममहानगरपालिका अन्तर्गत तुलसीपुर घोराही सडकखण्डको मध्यभाग साविक त्रिपुर नगरपालिका वडा नं ३ दक्षिण अम्राईमा उक्त उद्यान निर्माणाधिन रहेको फनपार्कका सेयर सदस्य पोषण बिक्रम रावतले जानकारी दिए ।

“बढ्दो जनघनत्व तथा मनोरञ्जन स्थलको अभावको परिपुरणका लागि फनपार्क खोल्न लगेका हौ” रावतले भने । फन पार्क मनोरञ्जनका लागि मात्र नभएर शैक्षिक उद्धेस्यका लागि सहायक सिद्ध हुने रावतले आशा व्यक्त गरे ।
बाल मनोरञ्जनका सम्पुर्ण साजोसामानहरु पार्कमा उपलब्ध हुनेछन् । स्थानीय परीकारहरु, स्थानीय उत्पादन, आन्तरीक पर्यटनको प्रबद्र्धन तथा घोराही क्षेत्रको पहिचानकालागि फनपार्क संचालनमा ल्याउन लागिएको रावतको कथन छ । व्यवसायीक हिसाबले दश जना सेयर सदस्यहरुको लगानीमा खोल्न लागिएको फनपार्कको काम करीब ३५ प्रतिसत काम सकिएको छ । फन पार्कमा एकिकृत रुपमा पार्टि प्यालेस तथा सभाहल, वाटर पर्क, गेम जोन, लजिङ् तथा फुडिङ्, होटेल तथा रेष्टुरेण्ट संचालनमा ल्याउन तयारी गरिएको सेयर सदस्य अभियान बस्नेतले जानकारी दिए । गोरक्ष रत्नपात्र देवगुठीको करीब चार बिगाह जग्गा ३० बर्षका लागि भाडामा लिई फन पार्क संचालनमा ल्याउन लागिएको बस्नेतले बताए । “बिदेशरुमा क्रिडा तथा मनोरञ्जनका लागि प्रसस्त स्थानहरुको व्यवस्था गरिएतापनि नेपालमा त्यस्तो संस्कृतिको बिकास नभएको भन्दै मानवीय जीवनमा मनोरञ्जन आवस्यक्ता परीपुर्ति गर्ने सोंच अनुरुप फनपार्क संचालनमा ल्याउन लागीएको सेयर सदस्य सुसील गिरीले जानकारी दिए । फन पार्कका् सेयर सदस्यहरुमा अभियान बस्नेत, पोषण बिक्रम रावत, सुसिल गिरी, नरेश श्रेष्ठ, नबराज श्रेष्ठ, रुपक थापा, मीन राज घिमिरे, धन बहादुर के.सी, सुनिल गिरी र अनिल बस्नेत रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु