क्लब उडल्याण्डले आर्थिक समृद्धिमा भूमिका खेलेको छः डिएसपी मल्ल

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७५, सोमबार

२५ असार, काठमाडौं । दरबारमार्गमा रहेको क्लब उडल्याण्डको दोस्रो वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै दरबारमार्ग प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक (डिएसपी) दानबहादुर मल्लले क्लब उडल्याण्डले मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । उनले मुलुकभित्र संचालित व्यवसायीहरुबाट आएको करले नै मुलुकको आर्थिकस्तर माथि उकासिएको हुँदा व्यवसायलाई सुरक्षित, मर्यादित बनाएर संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।

दरबारमार्ग प्रहरी बृत्तका प्रहरी नायव उपरीक्षक (डिएसपी) दानबहादुर मल्लको प्रमुख आतिथ्यतामा क्लबको दोस्रो वार्षिकोत्सव मनाइएको हो । क्लबका अध्यक्ष प्रेम श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा क्लबका प्रबन्ध निर्देशक सुनिल कुँवर, गायक दिनेश थापा लगायत विभिन्न क्षेत्रका व्यक्तित्व एवं पत्रकारहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रमका सभापति प्रेम श्रेष्ठले सम्पूर्ण अतिथिहरुलाई आभार प्रकट गर्दै क्लब उडल्याण्डलाई दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गराउने सम्पूर्ण कर्मचारी, ग्राहकवर्ग, सुरक्षा निकाय सबैलाई धन्यवाद दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु