अमेरिकामा नेप्लीज सोसाईटी अफ टेक्ससलले बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया पन्तको न्यायको लागि आवाज उठाउँदै पन्तका हत्यारालाई तत्काल पक्राउ गरेर सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । निर्मला बलात्कार भए हत्या भएको घटनाले दुई महिना समय बितिसक्दा पनि वास्तविक अपराधि प्रहरीले पक्राउ गर्न असफल भएको भन्दै यस विषयलाई गम्भिर भएर लिनु सरकारलाई आग्रह गरेको हो ।