सत्रौँ शताब्दीबाट सुरु भएको पर्व हो गाईजात्रा यो जात्रामा विभिन्न राजनीतिक, सामाजिक तथा सामयिक व्यङ्ग्य भएको पाइन्छ । स्टेजमार्फत् घुमाउरो व्यङ्ग्य गर्दै दर्शक(स्रोतालाई हँसाउने तथा सम्बन्धित पक्षमा यसको प्रभाव पुर्याउने कार्य गाईजात्रा प्रहसनद्वारा रंगकर्मीले गर्दै आएका छन्। सहरका चोक र गल्लीमा मानिस गाईकै भेषमा निस्किएर गाईजात्रा मनाउँदै आए पनि पछिल्ला वर्षमा यो जात्रामा राजनीतिक तथा समसामयिक व्यङ्ग्य घट्दै गएको पाइन्छ । राजा प्रताप मल्लका नाबालक छोराको मृत्युले रानी शोकमा थिइन्। रानीको भावविह्वलतालाई सामान्य बनाउन राजाले धेरै प्रयास गर्दा पनि रानीमा कुनै परिवर्तन नआएपछि उनले एक वर्षभरि मृत्यु भएका जनताका आफन्तलाई गाईसहित दरबार अगाडिबाट जात्रा निकाल्न आह्वान गरे। शोकमा डुवेकी रानीले देख्ने गरी जात्रा निकाल्दा रानीमा मृत्यु एक स्वभाविक प्राकृतिक प्रक्रिया हो भन्ने चेत खुलोस् भन्ने ध्येय थियो राजाको। यही दिनदेखि नेपालमा गाईजात्रा मनाउने प्रचलन सुरु भएको थियो। त्यस पछि गएर गाईजात्रामा हाँस्ने, हँसाउने, टुक्का जोड्ने, ठट्यौली गर्दै व्यङ्ग्यात्मक प्रहसन गर्ने चलन सुरु भयो । सांस्कृतिक रूपमा सहरका चोक र गल्लीमा मानिस गाईकै भेषमा निस्किएर गाईजात्रा मनाउँदै आए पनि पछिल्ला वर्षमा हाँस्ने र हँसाउनेहरू निष्क्रिय छन्। यो जात्रा पर्वका रूपमा नभएर निरन्तरतामा मात्र सीमित छ। यस वर्षको गाईजात्रा पर्व आउन दुई दिन बाँकी रहँदा नेपाली हाँस्य कलाकर्मी आफ्नै व्यस्ततामा रमाइरहेका छन्। हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, सीताराम कट्टेल ढधुर्मुस) जितु नेपाल, केदार घिमिरेलगायत आ(आफ्नै काममा व्यस्त छन्। एक प्रकारले ‘गाईजात्रे’ व्यङ्ग्यप्रति कलाकार मौन छन् । पर्वका रूपमा आउने गाईजात्राप्रति हाँस्यकलाकारको चासो छ, तर समय छैन। स्टेज प्रस्तुतिप्रति उनीहरूको झुकाव कम हुँदै गएको छ। सँगै कलाकालमा दर्शकको आकर्षण पनि स्टेज प्रस्तुति तथा प्रहसनप्रति घट्दै गएको उनीहरूको बुझाइ छ । हाँस्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ भन्छन् ‘विगत ५र६ वर्षयता गाईजात्रामा प्रत्यक्ष सहभागी हुन सकेको छैन। हामी हाँस्य कलाकारका लागि गाईजात्रा विशेष पर्व भए पनि समय दिन नपाएकोमा दुःखी छु । गाईजात्रामा रचनात्मक प्रहसन सुन्दर पक्ष रहे पनि विविध प्राविधिक पक्ष यसमा पर्खालका रूपमा रहेको बताउँछन् हाँस्यकलाकार दमन रुपाखेती। उनी भन्छन्, ‘भाडा नै महँगो छ। कलाकारले आफ्नो प्रस्तुति दिनका लागि हलको व्यवस्था छैन । यस वर्ष रुपाखेतीसहित, कमल गाउँले, विष्णु सापकोटा (हर्के हवल्दार)लगायतको टिमले राष्ट्रिय नाचघर जमलमा गाईजात्रा कार्यक्रम आयोजना गरेका छन्। ‘संस्कृति र परम्परा जोगाउन भए पनि शुक्रबार र शनिबार दुई दिन हामीले गाईजात्रा प्रहसनको आयोजना गरिएको छ । ‘स्टेज प्रस्तुतिका लागि राम्रो स्क्रिप्टसँगै शारीरिक हाउभाउ र तन्दुरुस्तीको आवश्यकता पर्छ। तर, पारिवारिक रूपमा हामी अहिले तयार हुन सकेका छैनौं। हास्यव्यङ्ग्यका लागि बजारमा जति पनि कथा छन्। तिनलाई सदुपयोग गर्नसके प्रहसनको बजार आसलाग्दो नै देख्छु । ‘हामी कलाकार नै गाईजात्रा होस् या स्टेज प्रस्तुतिका लागि तयार छैनौं। यदि राम्रो प्रस्तुति दिने हो भने आज पनि दर्शकको भीड लाग्छ, ठेलामठेल हुन्छ । यस वर्ष पनि स्टेजमा देखिनै छैनन् महजोडी। तर, उनीहरू पुरानो कार्यक्रम ‘बाहुन बहादुर, नेवार बहादुर’ युट्युवमार्फत् सार्वजनिक गर्ने तयारीमा छन्।