• मायामा रित्तो भएका गायक गम्भीर केसी (भिडियो हेर्नुहोस्)

    म्यूजिक खबर
    प्रकाशित: २२ फाल्गुन २०७६, बिहीबार

    काठमाडौं । माया प्रेममा डुब्नेहरुको कथासँगै गायक गम्भीर केसी पनि मायामा रित्तो भएका छन् । मायाप्रेमको कथामा उनीबिना रित्तो भएका गम्भीर पानीबिनाको माछीजस्तै बनेका छन् । रजत रिजालको शब्द र संगीतमा गायक केसीको पप गीत ‘रित्तो छु’ यतिबेला श्रीराज इन्टरटेनमेन्टको यूट्यूब च्यानलबाट चर्चा बटुल्दै गरेको छ । पुरानो पप गायन शैलीलाई पछ्याएका गायक केसीको गीतले पप जनरालाई नै प्रमुखतामा राखेको छ ।

    रित्तो छु आज गीतको म्यूजिक भिडियोलाई राजीव बलामीले निर्देशन एवं सम्पादन गरेका छन् । भिडियोमा मिलन गुरुङको कलरिङ एवं छायाँकन रहेको छ । भिडियोमा शनसीला तामाङ र रजत रिजालको अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु