• Music Khabar Music Awards
  • नेपाली लोकसंगीतका संरक्षकः गन्धर्व जाती

    म्यूजिक खवर
    प्रकाशित: १६ चैत्र २०७५, शनिबार

    अशोक शिवाकोटी

    नेपालका विविध पेशा अपनाएका विविध जातीहरु मध्येको एक जाती हो गन्धर्व अर्थात गाईने । गाउँ, घर–दैलो, चौतारो,बजार, यातायातका साधन आदिमा गइ आफ्नो प्रमुख वाद्य यन्त्र सारङ्गी बजाएर गीत गाउने र रसीक श्रोताबा्ट जे पाउँछन त्यसैबाट जीवन गुजारा गर्छन अझै पनि केहि गन्धर्वहरु । एक ठाउँबाट अर्को ठाउँ सम्म गाइ हिन्ने(हिड्ने) भएकोले गाइ हिन्ने अर्थात गाइने भनिएको होला भनेर वरिष्ठ संगीतकर्मी तथा अनुसन्धानकर्ता रामशरण दर्नाल आफ्नो पुस्तक नेपाली संगीत संस्कृति मा अनुमान गर्नुहुन्छ। हुन त २०१३ सालको राजा महेन्द्रको शुभराज्याभिषेशको समय देखी नै गाईनेलाई गन्धर्व भनि सम्मान सुचक शब्द प्रयोग गर्न थालिएको थियो । गाइनेहरु आफुलाई आफ्नै गोप्य भाषामा चुलाउने भन्दछन । चुलाउनु भनेको गाउनु हो ।

    सृष्टिकर्ता ब्रम्हाले संगीतको उत्पति गर्नुभयो । त्यो कला शिवलाई दिनुभयो,शिवले सरस्वतीलाई,सरस्वतीले त्यो ज्ञान देवर्षी नारदलाई र नारदले स्वर्गका गन्धर्व,किन्नर र अप्सरालाई प्रधान गर्नु भयो भनि शास्त्रमा उल्लेख छ । त्यस शिवप्रदोष स्तोत्रमा लेखिएको छ , जगतकी जननी गौरीलाई स्वर्ण सिंहासनमा बसाएर प्रदोषकको समय शलपाणी शिवले नृत्य गर्ने इच्छा प्रकट गर्नुभयो । त्यो अवसरमा सबै देवताहरु उहाँलाई घेरा हलेर उभिए र भगवान शिवको स्तुती गर्न लागे। सरस्वतीले विणा इन्द्र तथा ब्रम्हाले करताल बजाउन शुरु गरे,लक्ष्मी गाउन लागिन् र भगवान विष्णु मृदङ्ग बजाउन लाग्नु भयो । त्यो संगीतमय उत्सव हेर्नका लागि गन्धर्व, यज्ञ,पतग,उरग,साध्य,देवता,अप्सराहरु आदि सबै उपस्थित थिए । यसबाट के प्रमाणित हुन्छ भने गन्धर्वको उत्पति तथा उपस्थिती वैदिककालमा भैसकेको थियो ।


    स्र्वग,आकाश वा पृथ्वी जहाँ संगीतको प्रसङ्ग कोटिन्छ तव गन्र्धवको कुरा आइहाल्छ । अतः संगीत र गन्धर्व एकअर्काको परिपूरक हुन भन्नुमा अतिसयोक्ती नहोला । गन्र्धवको उत्पत्ति केलाउँदै जाँदा सृिष्टकर्ता ब्रम्हाले चार ऋषीहरु तुम्बुरु,विश्वबस,चित्रसन र गन्र्धवको श्रृजना गर्नुभएको हो भनि हिन्दू शास्त्रले उल्लेख गर्छ । सामवेदमा उल्लेखित सामगायनमा भएको पाँच स्वरले चित्त नबुझि यिनै चार ऋषि र नारद मिलेर गन्धर्व उपवेदको रचना गरेको पाइन्छ । यसैको आधारमा गन्धर्व गायन सुरु भएको पाइन्छ । धेरै समय गायन स्र्वगमा मात्र सिमित रह्यो । संगीतको रसस्वादन मानवहरुको पनि पहुँचमा पुगोस भन्नका लागि ब्रम्हाले नारद र अन्य ऋषिहरुलाई मत्र्यलोकमा जानु ,संगीत प्रचार प्रसार गराउनु भन्ने आदेश दिनुभयो । हो तिनै ऋषि गन्धर्वको सन्तान हौं हामी भनि गन्धर्वहरु बताउँछन् ।


    नेपाल दलित आयोगले दलित जातमा सुचिकृत गरेको पहाडे मुलका पाँच जाति मध्य गाइने वा गन्धर्व पनि एक हो । सामजले गन्धर्वलाई तल्लो जातमा गणना गरि हेयको दृष्टिले हेर्ने र दुव्र्यवहार गर्ने गाउँघरहरुमा व्यापक छ । गीत गाउँदै, माग्दै आफ्नो घरपरिवार छोडेर विरानो गाँउठाँउमा जाँदाको दुखः कष्टहरु धेरै छन् । होटेलमा खाना, चिया, नास्ता खाँदा पनि आँफैले भाँडा माझ्नु पर्ने बाध्यता, समाजले दलित सम्झीएकै कारण आफूले माझेको भाँडाकुँडा पनि कति ठाँउमा आगोमा राखेर चोखो पारेर मात्र भित्र लैजाने तीतो यथार्थ गन्धर्वहरु सुनाउँछन् । बाटो बाटोमा एक्लै दुक्लै हिंड्नु पर्दा जंगली जनावर, चोर, डाँकाहरुको डर त छँदैछ, कहिले काहिं त आफू शिकारै बन्नु परेको पनि गन्धर्वहरु सम्झन्छन् । गाँउघरमा बास बस्न भित्र नछिराउने, पिंढीमै सुत्नु पर्ने, कहिलेकाँही गोठमै सुत्नुपर्ने बाध्यता छ । गोठमा गाई भैंसीको शिकार गर्न आउने बाघ, चितुवा जस्तो हिंसक जनावरको त्यतिकै डर हुने कुरा अर्को तिर छँदैछ । वर्षाको बेला खोला नाला, नदी बढेर , खहरे आएर बाटो नै बन्द हुने, बाढि पहिरो भएपनि सम्बन्धित ठाँउमा जानैपर्ने भएकोले दुख कष्टका साथ यात्रा गर्नुपर्ने बाध्यता छ ।

    गन्धर्व समुदायमा पुरुषहरु मात्र गीत गाएर र बजाएर हिड्दैनन्, महिला वा छोरीचेली पनि त्यत्तिकै मात्रामा सरिक हुन्छन् । बाटो बाटोमा नचिनेका स्थानमा छोरीचेलीलाई झन् धेरै असजिलो हुन्छ । जीउ ज्यानको असुरक्षा, दुव्र्यवहार हुने डर, जाँड खाएर मातेका मान्छेहरुले कुदृष्टीले हेर्ने, जबरजस्ती गर्ने जस्ता अमानवीय कार्य पनि हुने गरेको कुरा स्मरण गर्छन गन्धर्वहरु ।

    स्वभावैले कला, मनोरञ्जन बेच्ने र त्यसको सट्टा वर्षभरीको बाली उठाउने, अन्न संकलन गर्ने कामले मात्र घर खर्च चलाउन धौ धौ हुन्छ । आय स्रोत भनेको दाता नै भएकाले यो आकाशे खेती जस्तै हो, सधैं पैसा कमाइन्छ भन्ने नै हँुदैन । देशको राजनीतिक उथलपुथलले गर्दा पनि गरि खान टाढा टाढा जान नसकिएको, डर धम्की सहनु परेको, राजनीतिक दलमा संलग्न हुन दबाब आएका उदाहरण पनि भेटियो । राजनीतिक दलले आन्दोलनभरि गन्धर्वहरुको सहयोग लिएका तर पार्टी माथि उठेपछि वास्ता नगरेको, उनीहरुको नाममा अरुले नै फाइदा लिएको, छात्रवृत्ती लगायतका अन्य कोटा उनीहरुले नपाएको आदि गुनासाहरु प्रशस्तै छन् गन्धर्वहरुसँग ।

    गरीब भएकोले हातपाउ चल्न थालेदेखि नै सारङगी रेट्नु पर्ने कारणले पढ्न पाउँदैनन् गन्धर्वका छोराछोरीहरु । तर हाल शिक्षातिर पनि यिनीहरु ध्यान दिन थालेका छन् ।सानैमा विवाह गरीदिने यिनीहरुको अर्को समस्या हो ।अन्य पेशा अपनाउँदा समेत गन्धर्वलाई तिमीहरुको पेशा त गीत गाउने पो हा भन्ने ,आफ्नो संस्कृती बिर्सेर अन्य पेशा समातेको आरोप लगाउनाले पेशामा स्वतन्त्रता नभएको जस्तो देखिन्छ । स्वर सुकेपछि चिच्याउनै पर्ने भएकाले छाती र घाँटीका रोगले ज्यादा सताएको पाइन्छ । आफनो मौलिक रचना तथा गीतहरु रेर्कड नहुँदा पैसावालाहरुले रेर्कड गरी बजारमा ल्याउने,उनीहरुका गीतहरु अन्य गायक,गायिकाहरुले गाइदिने, र आफ्नै स्वरमा रेर्कड गर्न नपाएका गुनासाहरु पनि सुनाउँछन् उनीहरु ।

    अहिलेका युवा गन्धर्वहरुले आफ्नो पेशालाई परिवर्तित बनाउँदै लैजान थालेका छन् । जनचाहना अनुरुप चलचित्रका गीत,लोक दोहारी,आधुनिक गीत गाउन थालेका छन् । सारङगी बनाएर,विदेशीहरुलाई लक्ष्यित गर्दै बेच्ने तथा दोहारी साँझ र होटेल आदिमा बजाएर आफ्नो सारङ्गी वादन कला बचाइ राखेका छन् गन्धर्वहरुले । कति भने रेकर्डिङ स्टुडियोमा व्यस्त भइ रहेका छन् । यसरी जनमानस र युवा स्रोताको मनोभावना बुझदै र समय सापेक्ष मनोरञ्जनका माध्यमसँगै भिज्दै जानाले मात्र गन्र्धवहरुको भविष्य सुरक्षित रहने कुरा गन्र्धव संस्कृति तथा कला केन्द्रका सदस्य स्यामुचल गन्धर्व बताउनुहुन्छ ।

    लोकसंगीत र भाका संरक्षण,सम्बर्धन र प्रचारप्रसारमा महत्वपूर्ण योगदान दिंदै आएका गन्धर्व जातिका संगीतकार तथा संगीतकर्मीहरुको सम्मान र संरक्षण गर्नु समाज र राज्यको दायित्व हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु