• सुगम संगीतमा पनि उतिकै ‘फिट’ कौडा किङ गणेश गुरुङ

    म्यूजिक खबर
    प्रकाशित: ८ भाद्र २०७८, मंगलवार

    काठमाडौं । गणेश गुरुङ नेपाली लोक संगीतमा लोकप्रिय नाम हो । उनको जादूमय स्वरले नेपाली गीत संगीतमा अनुपम टेष्टका गीतहरु जन्मे । विशेषतः कौडा किङका रुपमा पनि उनले प्रख्याती कमाएका छन् । ‘सल्ला धुपैले’ बोलको गीतबाट उनले दर्शक श्रोताले निकै माया पाउन सफल भए ।

    यतिबेला उनै लोकप्रिय लोक गायक गणेश गुरुङले सुगम संगीतमा फड्को मारेका छन् । उनको स्वरमा ‘पिपलु छायाँ’ बोलको सुगम संगीत गीत सार्वजनिक भएको । सुगम संगीतमा पनि उनको स्वर उतिकै ‘फिट’ भएको छ । गीत निकै कर्णप्रिय बनेको छ । गायनमा गणेशलाई विद्या गुरुङले साथ दिएकी छिन् ।

    गीतमा शब्द तथा संगीत पनि गायक गुरुङको नै रहेको छ । पवन वाङको संगीत संयोजन रहेको गीतलाई डिका गुरुङले मिक्सिङ गरेका हुन् ।
    निर्देशन गुरुङ चलचित्रका चर्चित निर्देशक प्रितम गुरुङको निर्देशन रहेको छ । म्युजिक भिडियोमा गणेश गुरुङसँगै गायिका बिद्या गुरुङ, आईतराम गुरुङ, सुन्दर लामा, जोनिशा गुरुङ, अस्मिता गुरुङ र प्रेरणा गुरुङको अभिनय देख्न सकिन्छ ।

    उक्त भिडियोलाई खेम थापा मगरले छायांकन गरेका हुन् भने मेक बहादुर थापाले सम्पादन गरेका हुन् । गीतलाई गायक गुरुङको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु