जेष्ठ २८ मा इसाराको एकल कमेडी शो

म्यूजिक खबर
प्रकाशित: १९ जेष्ठ २०७९, बिहीबार

काठमाडौं । बिरमाया राई ‘शोभोमा’ स्मृतिकोष निर्माणमा हास्यकलाकार गणेश ईसाराको अल नेपाल एकल कमेडी सो पुनः सुरु हुने भ एको छ । समाजसेवी वीरमाया राई ‘शोभोमा’ स्मृतीकोष स्थापना अभियानमा ‘गणेश ईसारा अल नेपाल एकल कमेडी शो’ बिगतमा पनि देशको विभिन्न स्थानहरुमा कार्यक्रम सम्पन्न भइसकेको छ । कोभिड १९ को कारण रोकिएको ‘अल नेपाल कमेडी शो’ कार्यक्रम पुनः सुरु गर्न लागेको हास्यकलाकार गणेश ईसाराले बतानु भएको छ । आगामी जेष्ठ २८ गते शनिबार राष्ट्रिय नाचघर काठमाडौमा हुन गईरहेको कार्यक्रममा बिशिष्ट ब्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा वरिष्ठ गजलकार, गीतकार साथै समाजसेवी अमर बान्तुलाई सम्मान गरिने भएको छ । २०५४ साल देखि मुटु रोगी, मृगौला रोगी, बृद्दा आश्राम देखि लिएर विभिन्न पिडितहरुलाई बचाउन र सहयोग गर्न सफल समाजसेवि कलाकार गणेश ईसाराको शोबाट संकलित रकम दयनिय अवस्थामा रहेका पिडितहरुको सहयोगमा खर्चिने कलाकार गणेश इसाराले बताए । आफ्नै हजुर आमाको नाममा स्मृतिकोष निर्माण गरि आउदा दिनहरुमा त्यस्तै बिभिन्न भैपरि आउने दुखी, पिडितहरुको समस्यालाई सहायता दिन सकु भन्ने उव्देश्यले स्मृतीकोषको निर्माण थालनी भएको हो । कार्यक्रम एक्सन इन्टरटेनमेन्टद्वारा आयोजना हुन लागेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु