लोकप्रिय प्रशासक गणेशप्रसाद भट्टराई स्मृतिग्रन्थ लोकार्पण

म्यूजिक खबर
प्रकाशित: ३१ श्रावण २०७८, आईतवार
Ganesh Prasad Bhattarai

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट एक समारोहको आयोजना गरी गणेश प्रसाद भट्टराई स्मृतिग्रन्थ लोकार्पण सम्पन्न गरियो । स्मरणीय छ, बारा जिल्लाका तत्कालिन बहालवाला प्रजिअ गणेशप्रसाद भट्टराई र ससस्त्र प्रहरीका एसपी बलराम पोखरेल सवार जीप २०७५ साल माघ १२ गते अस्वभाविक तरिकाले दुर्घटनामा पर्दा एसपी पोखरेलको घटनास्थलमा नै र प्रजिअ भट्टराईको उपचारको व्रmममा २०७५ फाल्गुण ६ गते निधन भएको थियो ।


कर्तन्व्यपरायण राष्ट्रसेवक गणेशप्रसाद भट्टराईको सम्झनामा गठन गरिएको गणेशप्रसाद भट्टराई स्मृति प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवम् आजीवन प्राज्ञ डा. तुलसीप्रसाद भट्टराईले गर्नु भएको थियो । वरिष्ठ समालोचक प्रा.डा. कुमार प्रसाद कोइरालाले ग्रन्थका बारेमा समालोचनात्मक टिप्पणी गर्नु भएको थियो भने पोखरा विश्वविद्यालयका पूर्व उप–कुलपति प्रा. खगेन्द्र प्रसाद भट्टराई लगायतका वक्ताहरूले गणेशप्रसाद भट्टराईको बहुआयमिक व्यक्तित्व र उहाँसँगका सहकार्यका अनुभूतिहरूका बारेमा चर्चा गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु