• पिरतीको गीत गाउँदै आए एडभेन्चर स्टार एवं मोडल गौतम खाती र अभिनेत्री शिल्पा पोखरेल

    म्यूजिक खबर
    प्रकाशित: ७ आश्विन २०८०, आईतवार

    काठमाडौं । विश्व कीर्तिमानी एडभेन्चर स्टारको रुपमा परिचित नाम हो गौतम खाती । उनले कराँते खेलको ब्ल्याक बेल्ट ड्रेस लगाएर उडिरहेको हेलिकप्टरवाट स्काइ ड्राइभ गरेर वि.सं.२०७५ सालमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउज सफल भए । उनले जसरी खेल जगतमा सफलता प्राप्त गरे उसै गरि कला क्षेत्रमा पनि सक्रिय रहेका छन् । एक पछि अर्को गुणस्तरिय भिडियोमा आफ्नो कला कौशलता देखाइरहेका छन् । उनले तीन नदर्जन भन्दा बढि म्युजिक भिडियो र छोटो फिल्ममा अभिनय गरिसकेका छन् । एक पछि अर्को म्युजिक भिडियोमा अभिनय गर्दै मोडलिङमा जमिरहेका छन् ।

    यहि क्रममा खाति अभिनित अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ ‘पिरतीको गीत’ । उनले भिडियोमा चर्चित नायिका शिल्पा पोखरेलसँग पिरतीको गीत गाएका छन् । भिडियोमा एडभेन्चर स्टार एवं मोडल खाती र अभिनेत्री पोखरेलको रोमान्सलाई देखाइएको छ । भिडियो सार्वजनिक भएसँगै सांगीतिक क्षेत्रमा यो भिडियोले चर्चा पाउन थालेको छ ।

    प्रेमील भावको गीतमाको भिडियोलाई सुब्रतराज आर्चायले निर्देशन गरेको हुन् । त्यस्तै उत्सव दाहालको छायांकन रहेको उक्त भिडियोलाई विष्णु खड्काले सम्पादन तथा कलरिङ गरेका हुन् । प्रोडक्शन म्यानेजर दिपेन गौतम (माईकल) को रहेको छ ।
    गीतमा गायिका अस्मिता अधिकारी र बिर कुमार दत्तको स्वर रहेको छ । अभिनाष थापाको शब्द र भिम बिसीको संगीत छ भने विश्व अधिकारीले संगीत संयोजन गरेका छन् । मिक्सिङ तथा मास्टरिङ भने कुमार रानाले गरेका हुन् ।

    निरा खाती ईन्टरटेनमेन्टले तयार पारेको भिडियोलाई ओ.एस.आर. डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु