एडभेन्चर स्टार गौतम खाती र नायिका प्रियंका कार्कीको रोमान्स

म्यूजिक खबर
प्रकाशित: २५ श्रावण २०७७, आईतवार

काठमाडौं । एडभेन्चर स्टार गौतम खाती र नायिका प्रियंका कार्कीको रोमान्सले यतिखेर चर्चा पाएको छ । गायक प्रताप दास र गायिका अनु चौधरीको स्वरमा रहेको कोरेको छु तिम्रो तस्विर बोलको गीतको म्यूजिक भिडियो सुटिङको क्रममा उनीहरुको रोमान्सले चर्चा पाएको हो । निरा खातीको शब्द, डीबी लामाको संगीत रहेको उक्त गीतको संगीत संयोजन भने साहस शाक्यले गरेका छन् ।

सुभम भुजेल र समपन्ता विन्दुकारको कोरियोग्राफीमा रहेको म्यूजिक भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन् । विष्णु खड्काको सम्पादन रहेको उक्त भिडियो छिट्टै नै ओएसआर डिजिटलबाट सार्वजनिक हुँदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु