पुष २१ मा गीतकार संघको चुनावी साधरणसभा, कसले सम्हाल्छ नेतृत्व ?

म्यूजिक खबर
प्रकाशित: ४ पुष २०७५, बुधबार

काठमाडौं । गीतकार सङ्घ नेपाल’ को आठौँ साधारणसभा आगामी पुष २१ गते ‘ हुने भएको छ । चुडामणि देवकोटाको नेतृत्वमा रहेको संघको कार्यकालले दुई वर्ष पूरा गरिसकेको छ । सङ्घले आफ्नो फेसबुक पेज मार्फत सूचना सार्वजनिक गर्दै साधारण सभामा मताधिकारको प्रयोग गर्नका लागि सदस्यता नवीकरण अनिवार्य भएकोले तोकिएको मितिभित्र नवीकरण गरिसक्न सबै सदस्यहरुलाई अनुरोधसमेत गरेको छ ।

नेपालकै सम्पूर्ण गीतकारहरुको छाता संगठन ‘गीतकार सङ्घ नेपाल’ को स्थापना २०६७ साल जेठ १४ मा भएको थियो । वरिष्ठ गीतकार डा. कृष्णहरि बराल संस्थापक अध्यक्ष रहेको यस संस्थामा गीतकार योगेन्द्रमणि दाहालले दुई कार्यकाल नेत्तृत्व सम्हालेका थिए भने वर्तमान अध्यक्ष चूडामणि देवकोटा रहेका छन् । यादव खरेल, किरण खरेल, रत्नशम्शेर थापा, कालीप्रसाद रिजाल, राजेन्द्र थापा, एस्पी कोईराला, श्रीपुरुष ढकाल लगायतका अग्रजदेखि नयाँ पुस्ताका गीतकारहरुसम्मको सदस्यता रहेको यस सङ्घले आफ्ना सदस्यहरुलाई बार्षिक रुपमा विभिन्न शीर्षकका पुरस्कार तथा सम्मान समेत अर्पण गर्दै आएको छ । अब आठौं साधारणसभासँगै नयाँ कार्यसमिति चयन हुनेछ ।

 


गीतकार संघमा देवकोटाको नेतृत्व

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु