प्रेममा धोका खानेहरुको कथा ‘घडी–२’

म्यूजिक खबर
प्रकाशित: २ कार्तिक २०७७, आईतवार

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक रविन लामिछानेको नयाँ गीत ‘घडी–२’ बजारमा आएको छ । बजारमा आउनेवित्तिकैदेखि उनलाई शुभचिन्तक एवं उनका फ्यानहरुले सकारात्मक प्रतिक्रिया दिँदै शब्द, संगीत र स्वरले मन जितेको बताएका छन् ।

प्रत्यक्ष दोहोरी मार्फत लोकप्रियता कमाएका गायक लामिछानेले बजारमा ल्याएका धेरै गीतहरुमध्ये ‘घडी–२’ ले उत्कृष्टताको सूचीमा स्थापित गरेको छ । यूट्यूब र सामाजिक सञ्जालहरुमा धेरैले उत्कृष्ट गीत भनेर प्रतिक्रिया दिएका छन् । उनका शब्द सिर्जनाका हरेक शब्दले सबैको मनमस्तिष्कमा छुन सफल भएको छ । साथै टिकटकमा समेत गीतका धेरै भिडियो बनाइएका छन ।

रविन लामिछाने र देवी घर्तिको आवाज रहेको सो गीतको शब्द÷संगीत गायक स्वयमले बनाएका छन् । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

भिडियोलाई निर्देशक स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन् । भिडियोमा रविन लामिछाने र जुना गुरुङको अभिनय रहेको छ । सुरेश श्रेष्ठको छायाँकन रहेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु