• जूनकिरीको मायामा तड्पेका घनश्याम (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: २७ फाल्गुन २०७६, मंगलवार
    Ghanashyam Bogati

    काठमाडौं । गायक घनश्याम बोगटी यतिखेर जूनकिरीको मायामा तड्पेका छन् । ‘तिम्लाई भेट्न नपाऊदा रातैभरि ज्वरो– ओखतीले निको भईन छिट्टै भेट्न पर्यो’ भन्दै जूनकिरीलाई खोज्दै हिंडेका घनश्यामको मायाप्रितिको समर्पण यतिखेर चर्चा बटुल्ने क्रममा छ । गोरखाका घनश्याम बोगटी गीतसंगीतमा रुचि भएका व्यक्ति हुन् । प्रवासमा रहेर पनि नेपाली गीतसंगीतलाई नजिकबाट माया गर्ने उनले नेपाल बसाइका क्रममा गीत रेकर्ड गरेका हुन् । मुकुन्द पौडेलको शब्द र संगीतमा गायक घनश्याम बोगटी र गायिका देवी घर्तीको स्वर रहेको छ । गीतको संगीत संयोजन भने याम थापा मगरले गरेका छन् ।

    ‘जूनकिरी’ गीतको भिडियोलाई मोडल विमल अधिकारीले निर्देशन गरेका छन् । विमल अधिकारी र रञ्जिता गुरुङको अभिनय रहेको भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका हुन् भने दिपक विष्टले सम्पादन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु