• कुसुम र प्रथमको प्रेमकथा ‘घिटी घिटी’

    म्यूजिक खबर
    प्रकाशित: ७ भाद्र २०७७, आईतवार

    काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘घिटी घिटी’ सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित सार्वजनिक गीतमा भिम बिसीको संगीत, टिका खड्काको शब्द र नरेन्द्र बियोगीको एरेन्ज रहेको छ ।

    एउटा थिएटर भित्र पुरै छायाँकन सकिएको भिडियोमा प्रथम क्षेत्री र कुसुम गुरुङको अभिनय रहेको छ । मायालुसँगै जिउने सपना देखेका प्रेमीले प्रेमीको आत्महत्यापछि आफ्नो जीवन घिटी घिटी सास मात्र अड्काएको थिम भिडियोले उठाएको छ ।

    भिडियोको कथा, कोरियोग्राफी र निर्देशन समेत प्रथम क्षेत्रीले नै गरेका हुन् । फिल्म अभिनय, म्युजिक भिडियो मोडलिङ, निर्देशन, कोरियोग्राफीमा आफुलाई अब्बल साबित गर्दै अगाडि बढेका प्रथमको यो म्युजिक भिडियो र अभिनय दुबै प्रसंसनिय छन् ।

    प्रोडक्सन कन्ट्रोलर चन्द्र शम्शेर केसी रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन र अनन्त घिमिरेको सम्पादन रहेको छ । स्लोमोसन पिक्चर्सको ब्यानरमा बनेको भिडियोका लाइन प्रोडुसर हरि क्षेत्री, भिम केसी ‘कमल’ हुन्, भने निर्माता राजेन्द्र खड्का रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु