• पत्रकारद्वय अधिकारी र श्रेष्ठको लोभलाग्दो मित्रता, गरे व्यवसायमा पनि सहकार्य

    म्यूजिक खबर
    प्रकाशित: २९ जेष्ठ २०८२, बुधबार १८:२२

    काठमाडौं । रङ्गपत्रकार गीता अधिकारी र रीना श्रेष्ठको मित्रता गहिरो छ । विभिन्न सभा समारोहमा एकसाथ देखिने यी दुई पत्रकार नीजि जीवनमा निकै निकट छन् । घुमघामदेखि मठ मन्दिरमा पनि एकसाथ देखिन्छन् । हालसालै पत्रकारद्वय अधिकारी र श्रेष्ठले व्यवसायमा पनि सहकार्य गरेका छन् । ‘सौम्या कलेक्सन’ नामको फेन्सी स्टोर्स सञ्चालमा ल्याएका छन् । यो खबरले पनि अधिकारी र श्रेष्ठको मित्रता गहिरो छ भन्ने स्पष्ट हुन्छ ।

    ‘सौम्या कलेक्सन’लाई लोकपिय गायिका गायिका मञ्जु थापाद्वारा उद्घाटन गरिएको हो । डिल्लीबजार पिपलबोट घट्टेकुलो मार्गमा रहेको ‘सौम्या कलेक्सन’मा महिलाहरूका लागि गुणस्तरीय फेन्सी सामान सुपथ मूल्यमा बिक्रीका लागि राखिएको छ ।

    सञ्चारक्षेत्रमा ख्याति कमाएका व्यक्तिले सञ्चालनमा ल्याएको कलेक्सन सेन्टरको उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउँदै गायिका थापाले व्यावसायिक सफलताको शुभकामना दिएकी थिइन् ।
    उद्घाटनको अवसरमा सञ्चार क्षेत्रका साथै गीतसंगीत र कला क्षेत्रका धेरै व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो । मीठो स्वरकी धनी गायिका मञ्जुका थुप्रै गीत लोकप्रिय छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु