• गीता पाण्डेको ‘मैया’ आयो, विजयसिंह मुनालको अन्तिम संगीत

    म्यूजिक खबर
    प्रकाशित: ९ चैत्र २०७६, आईतवार

    काठमाडौं । गायिका गीता पाण्डेको गीति एल्बम ‘मैया’ बजारमा आएको छ । सात वर्षको निरन्तर अध्ययनपछि सम्पूर्ण आमाहरुप्रति समर्पित रहेर बजारमा ल्याइएको एल्बम हो ‘मैया’ । पाँच वटा नयाँ आधुनिक गीतको अडियो यूट्यूबबाट सार्वजनिक गरेको उनले बताएकी छन् ।

    मैयाँ एल्बममा शुभबहादुर सुनामको शब्द संगीतमा रहेको आँखा भरि तिमी मात्र, किरण खरेलको शब्द एवं जुगल डंगोलको संगीतमा आँखामा सपना बन्दै, डा.जश योञ्जन प्यासीको शब्द एवं विजय सिंह मुनालको संगीतमा रहेको निष्ठुरीको याद पनि, उमेशराज खड्काको शब्द एवं संगीतमा रहेको मिठो बचन बोलेकै राम्रो, रामनाथ घिमिरेको शब्द एवं जुगल डंगोलको संगीतमा रहेको यात्रा कहाँ रोकिन्छ र जस्ता गीत रहेको छ । गायिका गीता पाण्डेको एकल स्वरमा रहेको गीतहरु अब यूट्यूब मार्फत सुन्न सकिनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु