
काठमाडौं । कर्णप्रिय स्वरकी धनि गायिका गीता पाण्डेको स्वर रहेको गीत ‘माछी भुल्यो’ सार्वजनिक भएको छ । लोक आधुनिक शैलीमा बनेको यस गीतमा दिपक शर्मा शब्द एवं संगीत रहेको छ ।
त्यस्तै नरेन्द्र बियोगीको एरेञ्ज र मिक्सिङरमाष्टरिङ रहेको छ ।
पुजा ठकुरीको निर्देशन रहेको गीतको भिडियोमा डा. अनुष्का कार्की र इन्जिनियर स्वस्तिक पोखरेललाई फिचरिङ गरिएको छ । दिपक गिरी र टिमले छायांकन गरेको भिडियोमा बिनोद बमकोको दृश्य सम्पादन र कलरिङ रहेको छ ।
अनुजा अधिकारी र श्रावण पाख्रिनको कोरियोग्राफी रहेको भिडियोलाई गायिका गिता पाण्डेको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । डान्सिङ प्याट्रनको गीतको भिडियो उत्कृष्ट बनेको छ । गीतको भिडियोलाई भिवर्सद्वारा राम्रो प्रतिक्रिया प्राप्त भएको छ ।
गायिका पाण्डेकाका थुप्रै गीत श्रोतारदर्शकको रोजाइमा पर्न सफल भएका छन् । आफ्ना अन्य गीत जस्तै यसले पनि सबैको साथ पाउनेमा आशावादी रहेको गायिका पाण्डेले हामीलाई बताइन् । उनले चलचित्रका गीतदेखि लोक र आधुनिक गरि थुप्रै गीत गाइसकेकी छिन् ।