गीता र सगुनको तीज गीत ‘बेलाउती कुड्काले’

म्यूजिक खबर
प्रकाशित: ७ श्रावण २०७६, मंगलवार

काठमाडौं । चर्चित मोडलद्वय गीता राई र सगुन श्रेष्ठ अभिनित तीज गीतको म्युजिक भिडियो ‘बेलाउती कुड्काले’ बजारमा आएको छ । बिष्णु न्यौपानेको शब्द र लयमा तयार गरिएको सो तीज गीतमा सुनिता सुनार र खेमराज पौडेलले स्वर दिएका छन् । म्यूजिक भिडियोलाई बसन्त लामाले निर्देशन गरेका छन् । बिष्णु सेवाले छायाँकन गरिएको उक्त भिडियो चितवनको चोक बजार स्थित रोयल बेंकेट पार्टी प्यालेशमा छायांकन गरिएको हो ।

एक जमाना म्युजिक भिडियो तर्फ बलियो खम्बाको रुपमा चिनिएकी गीता राईले झन्डै सात सय म्यूजिक भिडियोमा अभिनय गरी सकेकी छिन् । त्यस्तै सगुनले पनि हजार बढी म्युजिक भिडियोमा आफ्नो अभिनय तथा तीन सय बढी म्युजिक भिडियोको निर्देशन गरिसकेका छन् । पछिल्लो समय राई र श्रेष्ठ गीतसंगीत क्षेत्रमा नै क्रियाशील देखिए पनि छानेर मात्र काम गर्न थालेका छन् । केही समयको ग्यापपछि आएका मोडलद्वय पुनरागमनको सन्दर्भमा आफूहरु व्यस्त भएकै कारण आउन नपाएको र अब कर्मलाई निरन्तता दिने बताउँछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु