गीता राईको ‘कान्छा रे’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ५ आश्विन २०७६, आईतवार

काठमाडौं । गायिका गीता राईको आवाजमा रहेको नयाँ गीत ‘कान्छा रे’बोलको म्यूजिकभिडियो सार्वजनिक भएको छ । उक्त गीतमा कन्चन सिंहको शब्द रहेको छ भने सोहीगीतमा सन्तोष प्रगाढ राईको संगीत रहेको छ । गायिका राई नेपालमा जन्मे पनि अमेरिकामा बस्ने गर्छन् । उनि अमेरिका बसे पनि नेपाली गीत संगीतमा आफ्नो केही गर्ने प्रयासका कारण गीत गाउने गरेको गायिका राईले बताईन् । उक्त सार्वजनिक गीतको भिडियोलाई दिलिप ओखेडाले निर्देशन गरेका हुन भने सोही गीतको भिडियोमा गायिका राई र अभिनेता दिक्पाल कार्कीको अभिनय रहेको छ ।

भिडियो अनुभव बाड्दै दिक्पाल भन्छन् गीता दिदीको म्युजिक भिडियो पहिलो हो। उहाँलाई गीतमा अभिनय गर्न र नाँच्न सकिन्छ की सकिदैन भनेर निकै चिन्ता थियो र त्यो डर उहाँमा थियो। तर उहाँले राम्रो गरेर देखाउनु भएको छ। उहाँको यो प्रयासलाई हामीले सम्मान गर्नु पर्छ । सुवास राइको र्याप समाबेश रहेको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन भने सोही गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु