‘आयो दशैं’ गरिबलाई रुवाउन बजारमा (भीडीयो सहित)

म्यूजिक खबर
प्रकाशित: २६ भाद्र २०७६, बिहीबार

काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमी तथा शुभदिपावली २०७६ लाई लक्षित गर्दै गोमा कोइराला र शम्भु नेपालको संयुक्त प्रस्तुतिमा ‘आयो दशैं’ गरिबलाई रुवाउनू बोलको गीत बजारमा आएको छ । उक्त गीतमा बिहान खायो बेलुका के खाउँ र बेलुका खायो बिहान के खाउँ हुने अशंख्य नेपालीहरुको कथालाई समाबेस गरिएको छ । यस भित्र पनि हुँदा खानेहरुका लागि दशैं दशा बनेर आएको एक घत लाग्दो कथालाई छर्लंग पार्न गीतले महत्वपुर्ण भूमिका निर्वाह गरेको छ । आयो दशैं गरिबलाई रुवाउनू बोलको गीतमा सर्वप्रिय गायक घमेश दुलाल र गोमा कोइरालाको सुमधुर स्वर सुन्न सकिन्छ । गायक घमेशले यस अगिका गीतहरुबाट सामाजिक यथार्थता बोलेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । त्यसैगरी गायिका गोमा कोइरालाले पनि यस अगी थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य संगीता पारखिहरुको ध्यान एकात्रित पारिसकेकी छिन् ।

उनि बिशेष गरेर नेपाली लोक तथा दोहोरी गीतबाट मौलिकता कहिले नगुमोस् भन्ने चाहना राख्छिन् । ‘आयो दशैं’ गरिबलाई रुवाउनू बोलको गीतलाई समाजको यथार्थ भोगाई र गरिब निमुखाहरुको पिंडालाई समेटेर प्रतिभावान सर्जक शम्भु नेपालले लय तथा शब्द सिर्जना गरेका छन् । उनले पनि यस अगी धेरै गीतहरुमा आफ्नो लय तथा शब्द सिर्जना भरिसकेका छन् । उक्त गीतको भिडियोमा राज तामाङ्ग, प्रिती तामाङ्ग, रामशरण ढकाल, साजन बलामी, शितल राना मगर र आदित्य चापागाईंको जिबन्त अभिनय रहेको छ भने सोही गीतको भिडियोलाई मनोज खड्काले निर्देशन गरेका हुन् भने छायांकन रबिन बजगाईं र सम्पादन प्रकाश एस।के ले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु