• गोपालले मेलिनासँग पहिलोपटक गीत गाए ‘बनैमा उडेको चरी’

    म्यूजिक खबर
    प्रकाशित: ३० फाल्गुन २०७६, शुक्रबार
    Anu Shah

    काठमाडौं । गायक गोपाल काफ्ले पहिलोपटक गायिका मेलिना राईसँग गीत गाएका छन् । संजोग भुसालको शब्दमा गायक काफ्लेले स्वयम् संगीत भरेको गीत हो ‘बनैमा उडेकी चरी’ । यस गीतमा स्वर मेलिना राई र गोपाल काफ्लेको रहेको छ । गीतको संगीत संयोजन कृष्ण भान्जाले गरेका हुन्।

    म्युजिक भिडियोमा अनु शाह र नरेश सिङ्गको अभिनय रहेको छ ।बिरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाई रबिन बिकले सम्पादन गरेका हुन् । भिडियोलाई निरज फिल्म्सले निर्माण गरेको हो ।

    पर्वत जिल्ला घर भै केहि वर्ष देखि काठमाण्डौ बस्दै आएका गायक काफ्ले नेपाली गीत संगीतमा आफ्नो भविष्य खोज्दै अघि बढ्ने कोसिसमा छन । आफ्नो पहिलो म्युजिक भिडियोलाई माया गरिदिन उनले सम्पूर्ण दर्शक, श्रोता र मिडिया हाउसलाई आग्रह गरेका छ्न ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु