गोरखा सांस्कृतिक समाजको कोभिड–१९ राहत कोषद्वारा सहयोग अभियान

म्यूजिक खबर
प्रकाशित: २७ जेष्ठ २०७८, बिहीबार

काठमाडौं । गोरखा सांस्कृतिक समाजले विश्वभरि फैलिएको कोरोना भाइरस महामारीको कारण अप्ठ्यारोमा परेका सम्पूर्ण गोरखाली कलाकारहरुलाई राहत प्रदान गर्ने उद्देश्यले ‘गोरखा सांस्कृतिक समाज कोभिड–१९ राहत कोष’द्वारा सहयोग गर्ने भएको छ । समाजको अध्यक्ष सुमन पण्डितको अध्यक्षतामा बसेको बैठकले समाजका संस्थापक अध्यक्ष, सल्लाहकारहरु र कार्यसमितिका पदाधिकारीहरुको सल्लाह बमोजिम उक्त निर्णय गरेको छ । समाजले अफ्ठ्यारोमा परेका कलाकारहरुलाई सम्पर्क गरी राहत लिनका लागि हार्दिक अपिल समेत गरेको छ । पहिलो चरणमा कलाकारलाई राहतको कार्यक्रम तय भएको र दोस्रो चरणमा कलाकारिता भन्दा बाहिरका पिर मर्कामा परेका व्यक्तिहरुलाई पनि राहत दिन सक्ने निर्णय गरेको छ । त्यस्तै सेवा नै धर्म हो भन्ने भावका साथ समाजसेवा र मानवताभन्दा माथि कुनै पनि धर्म नभएको भन्दै दाताहरुका लागि पनि सहयोग प्रदान गर्न अपिल गरेको छ ।

गोरखा सांस्कृतिक समाज कोभिड–१९ राहत कोष अन्तर्गत अप्ठ्यारोमा परेका गोरखाली कलाकारहरुले समाजका कार्यसमिति पदाधिकारीहरु एवं गोरखा सांस्कृतिक समाज कोभिड–१९ राहत कोषका निम्न नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ । सहयोगी दाताहरुले पनि समाजसँग समन्वय गरेर सेवा भावले अगाडि बढ्नुहोला ।
संयोजकः सुनिल लामिछाने – 9849446338
सदस्यहरुः सागर गुरुङ- 9841547903
रञ्जित परियार – 9849811193
सुनिला गुरुङ- 9849881013
हरिराम परियार 9846433599
अध्यक्षः सुमन पण्डित – 9851007430
महासचिवः रविन लामिछाने- 9851199078

हार्दिक अपिल
यस गोरखा सांस्कृतिक समाजको मिति २०७८ जेठ २६ गते बसेको कार्यसमिति, संस्थापक अध्यक्ष सहित सल्लाहकारहरुको डिजिटल भेलाले कोभिड–१९ बाट अहिलेसम्म ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धान्जली अर्पण गरेको छ । त्यस्तै कोभिडको संक्रमणबाट पीडा झेलिरहनुभएका सम्पूर्ण नेपालीहरुप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । हामी विश्व नै कोरोना भाइरसको दोस्रो र तेस्रो भेरिएन्टबाट ग्रसित हुन पगेको हुँदा सम्पूर्ण श्रमजीवी नेपालीहरुप्रति आफू सुरक्षित रुपमा बाँच्न र अरुलाई पनि दुःखबाट बचाउन अपिल गर्दछौं ।
कोभिड–१९ को महामारीले गर्दा लामो समय लकडाउनमा परी समस्यामा परेका गोरखाली कलाकारहरुलाई राहतको कार्यक्रम मार्फत् ‘गोरखा सांस्कृतिक समाज कोभिड–१९ राहत कोष’को स्थापना गर्दै राहतका कार्यक्रमहरु अघि सारेको छ । समाजका वरिष्ठ उपाध्यक्ष सुनिल लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय ‘गोरखा सांस्कृतिक समाज कोभिड–१९ राहत कोष’को गठन गर्दै राहत संकलन तथा व्यवस्थापनमा अघि बढ्ने लक्ष्य लिएको छ । कुनै पनि गोरखाली कलाकार रोग र भोकबाट मर्न नपरोस् भन्ने उद्देश्यले सम्पूर्ण गोरखाली कलाकारहरु लाज नमानीकन गोरखा सांस्कृतिक समाजसँग सम्पर्क आउनुभई राहत लिनुहुन पनि विनम्र अनुरोध गर्दछौं । हामीले पहिलोचरणमा गोरखाली कलाकारलाई राहत प्रदान गरिनेछ भने त्यसपछि अन्य समुदायलाई पनि राहतको प्याकेज अगाडि बढाउनेछौं । त्यस्तै देश तथा विदेशमा रहनुभएका समाजसेवी दाताहरुप्रति हार्दिक आभार प्रकट गर्दै हाम्रो यो अभियानमा साथ र सहयोगका लागि पनि अपिल गर्दछौं ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु