गोविन्द र स्मृतिको ‘जुनदिन’ मा अनु र परमेश्वर

म्यूजिक खबर
प्रकाशित: ६ मंसिर २०७७, शनिबार

काठमाडौं । लोक दोहोरी गाएक गोविन्द अर्याल (गोपि) र स्मृति गौतमको स्वरमा ‘जुनदिन’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गोविन्द र स्मृतिलाई प्रतिमा अर्याल, गंगा लगाएतका साथीहरुले साथ दिएका छन् ।
संगम थापा शब्द रहेको गीतमा सुफिक्स मदनले संगीत भरेका छन् । एरेन्ज नारायण दंगालले एरेन्ज गरेका हुन् भने रेकर्डिष्ट विजय बुडा र मिक्सिङ कृष्ण पुनको रहेको छ ।

गीतको भिडियोमा अनु पराजुली, परमेश्वर दाहालले अभिनय गरका छन् । संगम थापाको निर्देशन रहेको भिडियोको छाँयाकन जनकराज अधिकारी र सम्पाद विवेक सुनार गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु