होस्टल एशोसिएशनको अध्यक्षमा गीतकार तथा संचारकर्मी गोविन्द गिरीको उम्मेदवारी

म्यूजिक खबर
प्रकाशित: ४ भाद्र २०७६, बुधबार

काठमाडौं । यही भाद्र ७ गते हुन गइरहेको नेपाल होस्टल एशोसिएसन केन्द्रीय कार्यसमितिको ७ औं साधारणसभा तथा अधिवेशनमा वर्तमान महासचिव गोविन्द गिरीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । गिरीले आफ्नो प्यानल नै खडा गरेर उम्मेदवारी दिएका हुन् । वर्तमान कार्यसमितिमा आउँदा तीन वटा प्यानलबाट उनी महासचिव पदमा निर्विरोध निर्वाचित भएका थिए । यसपटकको कार्यसमितिमा उनी अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।


गीतकार तथा संचारकर्मी गोविन्द गिरी म्यारीगोल्ड गल्र्स होस्टल अनामनगरका संचालक हुन् । उनले अध्यक्ष पदमा आफूलाई प्यानल नै खडा गरेर उम्मेदवारी दिँदा जित्ने आधारहरु धेरै भएका बताएका छन् । करिब ७०० होस्टल एसोशिएसनमा दर्ता भएका छन् । एक हजार भन्दा बढी होस्टलहरु संचालनमा रहेका भए पनि गिरीले सम्पूर्ण होस्टलहरुमा परेको समस्याहरुमा पुगेर प्रत्यक्ष रुपमा नै सहयोग गर्दै आएको बताएका छन् । सम्पूर्ण व्यवसायीको हक, अधिकारका लागि लड्दै आएका उनी सम्पूर्ण व्यवसायीहरुको प्रिय पात्रका रुपमा समेत चिनिन्छन् । होस्टल व्यवसायलाई मर्यादित र व्यवस्थित गराउन निरन्तर लागिरहेको हुँदा आफूले र आफ्नो प्यानलले जित्ने निश्चित भएको उनले बताए । अहिले पाँच वटा जिल्लामा रहेको होस्टल व्यवसायीहरुले आफूलाई जिताउने पक्का भएको उनले बताए ।

गोविन्द गिरीको प्यानलमा वरिष्ठ उपाध्यक्षमा केदार कुमार थापा, महिला उपाध्यक्षमा ज्ञानु जोशी, महासचिवमा सुनिता बटाजु, सचिवमा भीम भण्डारी, कोषाध्यक्षमा विभय पौडेल रहेका छन् । त्यस्तै सदस्यहरुमा पारस विष्ट, द्रौपदी वली, यशोदा थापा, बालकृष्ण गौतम, मिनादेवी अर्याल, हरिप्रसाद भेटवाल रहेका छन् । प्यानलमा उम्मेदवारी दिएकाहरु प्राय सबैजसो एशोसिएसनमा क्रियाशील र सक्रिय रहेर होस्टल व्यवसायीको दुःखमा हातेमालो गरेका व्यक्तिहरु भएका कारण जित्ने आधारहरु धेरै भएको अध्यक्ष गिरीले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु