गुन्यु चोली तथा सांस्कृतिक पोशाक अभियानको दोश्रो वार्षिकोत्सव भव्यरुपमा सम्पन्न

म्यूजिक खबर
प्रकाशित: ४ बैशाख २०७६, बुधबार

काठमाडौं । विदेशी पोशाकमा ढल्दै गएको नेपाली समाजमा  राष्ट्रिय पोशाकप्रति आकर्षण र आत्मियता बढ्ने उदेश्यले गुन्यु चोली तथा सांस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानको दोश्रो वार्षिकोत्सव सम्पन्न भएको छ ।

राजधानीको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा गुन्यु चोली तथा साँस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानले आइतबार आयोजना गरेको कार्यक्रममा पुर्व उपप्रधामन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले राष्ट्रिय पोशाक गुन्यु चोली, दौरा सुरुवाल कुनै जाती र धर्मका मानिसको नभएर आम नेपालीको पहिचान भएको बताए । उनले भने, ‘राष्ट्रिय पोशाक कुनै जाती र धर्मका मानिसको मात्रै हो भन्ने भ्रम छरीएको छ, यस्ता भ्रम चिर्नु आवश्यक छ। नेपालका बहुसंख्यक जनताले स्वीकार गरेको र बर्षौदेखि चलिआएको पोशासक कसैलाई चित्त नबुझदैमा हटाउँने र कसैलाई मनलागे राख्ने भन्ने हुँदैन।’

त्यस्तै कार्यक्रममा बोल्दै अभियानकी अध्यक्ष लक्ष्मी भद्रा ओझाले गुन्यूचोली नेपालको साँस्कृतिक पोशाक भएको दाबी गरिन् । उनले भनिन्– ‘नेपाली पोशाक हाम्रो संस्कार र संस्कृतिसँग जोडिएको छ, यद्यपी पछिल्लो समयमा हाम्रा रितिरीवाज, संस्कार क्रमशः लोप हुँदै गएकोले राष्ट्रिय सचेतना अभियानको शुरु गर्नु पर्ने अवस्था आएको भद्राले बताइन् । भद्राका अनुसार हरेक नेपाली नयाँ वर्ष अर्थात वैशाख १ गतेलाई गुन्यु चोली तथा सांस्कृतिक पोशाश राष्ट्रिय सचेतना दिवसको रुपमा मनाउने छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु