• ‘गुरुङ जातिको भाषा संस्कृति हराउला कि भन्ने चिन्ता छ’

    म्यूजिक खबर
    प्रकाशित: २९ चैत्र २०७६, शनिबार
    Durga Bahadur Gurung

    सुमन पण्डित/म्यूजिकखबर

    दुर्गा बहादुर गुरुङ, तमु भाषा संस्कृति संरक्षण संघको अध्यक्ष हुन् । सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका वडा नं. २ मा बसोबास गर्दै आएका उनी सुनसरीको गुरुङ समाजमा विभिन्न परिचय दिएर बसिरहेका छन् । गुम्बा व्यवस्थापन समितिको अध्यक्ष एवं तमु कलाकार संघ सुनसरीको उपाध्यक्ष समेत रहेका दुर्गा बहादुर यतिखेर गुरुङहरुको भाषा साहित्यको खोजी एवं संरक्षण मात्र गर्ने गर्दैनन् हामी कहाँबाट आयौं भन्ने कुराको पनि खोजी कार्यमा जुटिरहेका छन् । सामान्य रुपमा भन्नुपर्दा उनी भोजपुर जिल्लाबाट आएका हुन् अर्थात् उनको पूर्खा भोजपुर हो । तर गुरुङको पूर्खा खोज्दै जाँदा भने पश्चिमबाट नै आएको हो भन्ने गरिन्छ । हाम्रो भाषा संस्कृति खोजी गर्दा पश्चिमबाट आएको हो कि भन्ने लाग्छ उनले भने–‘म गुरुङ भाषा संस्कृतिको खोजी गरिरहँदा सिंगै पहिचान पश्चिममा छोडेर आएको रहेछु महसुस लागेको छ, त्यसैले पश्चिममा पूर्खाको उद्गम थलोको खोजी भइरहेछ तर यहीँ हो भन्ने अझै पनि पहिचान भएको छैन ।’

    दुर्गा बहादुर गुरुङ आफ्नो समुदायमा लामा गुरुङ भनेर चिनिन्छन् । त्यही लामा गुरुङलाई पश्चिममा ल्याम गुरुङ पनि भन्ने गर्छन् तर जसले जे भने पनि दुबैको गोत्र भारद्वाज हो । गुरुङको आफ्नै कलासंस्कृति, पहिचान, भाषा छ । २०५०–५२ सालबाट मुलुकले बहुदल प्राप्त गरेपछि मात्र गुरुङहरुले आफ्नो थाकथलो खोजेको देखिन्छ । तर ६० को दशकमा खासै आफ्नो पहिचानको बारेमा कुनै पनि जाति हिंडेका थिएनन् । ०६२÷६३ को जनआन्दोलनपछि मात्र सबै जातिले आफ्नो पूर्खा, इतिहास, कलासंस्कृति, भाषा र पहिचानको मुद्दा उठाएर अघि बढेको देखियो । त्यही समय हो गुरुङले पनि आफ्नो कूल खोज्दै हिंडेको । यो खोज्ने काम पनि पश्चिमबाट सिकेको हो दुर्गा बहादुरले भने कहाँबाट आयो, यसको अभियन्ता को थिए भन्ने यकिन भएको छैन ।
    अहिले पश्चिमको गुरुङले पूर्वको गुरुङ नमान्ने विवाद कायमै छ । उनीहरुको भाषा र हाम्रो भाषा फरक फरक देखिन्छ । एउटै पूर्खा, एउटै कूल भए पनि आखिर किन यसरी विवाद हुन्छ ? हामी आफैंमा अस्पष्ट छौं, उनले भने– ‘पृथ्वीनारायण शाहको पालापछिको राज्यसत्ताले बिखण्डनको नीति लिएका हुन् । त्यहीभित्र हामी विभिन्न जातजातिभित्र तँ ठूलो र ऊ ठूलो भनिदिँदा हामी झुक्किएर बसिरहेका थियौं । एउटालाई ठूलो पद दिएर तेरो अधिनमा राख्नुपर्छ भन्ने काम भएकै कारण आज बिखण्डित भएको जस्तो लाग्छ । एकीकरणको समयमा आ–आफ्नो क्षेत्रमा मिलेर बसेका जनताहरुलाई एकै ठाउँमा लैजाँदा एकातिर खुशी भयो भने अर्कोतिर बिखण्डन बनाएर जनताहरुलाई ठूलो पद दिएर विभिन्न ठाउँमा पु¥याउँदा जातीय समाजहरु कमजोर हुन पुगेको हो जस्तो लाग्छ । त्यसले गर्दा पनि हामी आफ्नै जातभित्र पूर्वकाले म ठूलो भन्ने र पश्चिमकाले म ठूलो भन्ने विभेद जारी नै छ । एउटै जातिभित्र आएको विभेदले भाषा संस्कृतिमा भने ठूलो अन्यौल पैदा गरेको छ ।’
    Sunsari Gurung

    पूर्वाञ्चलमा छरिएर गुरुङ समाजमा भाषा संस्कृतिको अभियान ‘प्राक्टिकल र थ्यौरिकल’ रुपमा अगाडि बढाउनु पर्ने रहेछ भन्ने मैले बुझेको छु, अध्यक्ष गुरुङले भने – यसो भयो भने भाषा र संस्कृति यो रहेछ भन्ने बुझ्न सजिलो हुन्छ । किनकी पश्चिमका गुरुङ यहाँ आएर बोल्दा सबै भाषा बुझ्न सकिँदैन भने हामी पूर्व जाँदा हाम्रो भाषा बोल्दा बुझ्दैनन् । त्यस्तै गुरुङको संस्कृतिभित्रको कौडा सालैजो, रोधी बस्ने काम पश्चिममा राम्रो स्थानमा रहेको छ भने पूर्वमा पनि त्यो संस्कृति प्रचारात्मक रुपमा लैजानु पर्छ भनेर लागि परेका छौं । जसले गुरुङ कलाकार संघका अध्यक्ष धनबहादुर गुरुङले समन्वय गरिदिनुभएको छ, उनले भने ।

    हामीले बस्ने गरेको रोधी यहाँ मन पराउँदैनन् किनकि पूर्वको संस्कृतिले हामीलाई छोइसकेको छ । तर पनि मैले हाम्रो मूल संस्कृति यो हो भन्दै कौडा, सालैजोलाई पनि यहाँ भित्र्याउने प्रयास गरेको छु भने रोधी बस्ने चलन गुरुङ जातिमा मात्र हुन्छ भन्ने कुरा पनि सबैलाई प्रचारात्मक रुपमा अगाडि बढाएको छु । जसले गर्दा गैर गुरुङहरु पनि हाम्रो कामप्रति समर्थन जनाउँदै आउनुभएको छ, यो खुशीको कुरा हो ।
    Tarhara Gurung Group

    गुरुङ भाषा संस्कृति संरक्षण संघका अध्यक्ष दुर्गाबहादुर गुरुङले भने– अहिले धेरै हदसम्म पूर्वमा पनि हाम्रो भाषा संस्कृतिलाई बढावा दिनुपर्छ भन्नेमा हामी लागिरहेका छौं । हामीले जति बुझ्यौ हाम्रा सन्ततिले त्यो भन्दा बढी बुझेर आफ्नो भाषा संस्कृतिलाई आत्मसात गरुन् भन्ने काममा लागिरहेका छौं भने लिम्बूवान संस्कृति बोकेको ठाउँमा हामी आफ्नो पहिचान खोज्न पनि अगाडि बढिरहेका छौं ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु