कस्तो होला राजबंशीको देशभक्ति गीत ‘पागल’ (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: १६ आश्विन २०७६, बिहीबार

काठमाडौं । गीतकार ज्ञानु राजबंशीले नयाँ देशभक्ति गीत ‘पागल’ सार्वजनिक भएको छ। गायक निरोज लामाको स्वर , संगीत र एरेन्जमेन्ट रहेको यस गीतमा एक देशभक्त नेपालीले देखाउने देशप्रेमलाइ बर्णन गरिएको छ । गीतको भिडियोमा गीतकार राजबंशीलेने नै गीतको भाव अनुसारको अभिनय गरेका छन् ।

देशभक्ति गीत ‘पागल’को म्युजिक भिडियोमा दिपुकृष्ण डंगोलको क्यामेरावर्क रहेको छ। हरि महर्जनको निर्देशनमा बनेको भिडियोलार्इ ओ.एस.आर. डिजिटलको अफिसियल युट्युब मार्फत डिजिटल बजारमा आएको हो ।

गीतकार ज्ञानु राजबंशीको यसै एल्बम ‘मेरो प्यारो नेपाल’ मा सामबेश गीत ‘मै हु ढाका टोपी यो’ गत वर्षको टोपी दिवसलाई मध्यनजर गर्दै सर्वाजनिक गरिएको थियो जुन धेरै रुचाइएको थियो । बि.स. २०२८ सालमा बिर्तामोड नगरपालिका–२ चारपाने, झापामा जन्मनुभएका राजबंशीका भाषामा बिस २०७१ र २०७४ मा क्रमशः ‘प्रेमेर बाउधिया’ र ‘साली तोर मुई रसिया’ गरी दुर्इ वटा गीति एल्बम आइसकेका छन् । उनले स्थानीय राजबंशी चलचित्र ‘बागनेर फुल’मा अभिनय समेत गरिसकेका छन् । यसै एल्बममा समाबेश अन्य गीतहरुको पनि म्युजिक भिडियो छिट्टै नै निर्माण गरिने गीतकार राजबंशी जानकारी दिनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु