चलचित्र ‘जीवन काँडा कि ’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ११ भाद्र २०७६, बुधबार

काठमाडौं १० भाद्र । चलचित्र ‘जीवन काँडा कि ’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा मङ्गलबार एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले चलचित्रको ट्रेलर र सिनेमाघरमा आउँने मिति सार्वजनिक गरेको हो । चलचित्र सिनेमाघरमा कार्तिक २२ गते आउने घोषणा गरिएको छ । चलचित्रको ट्रेलरलाई नेपाल चलचित्र कलाकार सङ्घका उपाध्याक्ष मोहन निरौला, जीवन काँडा कि निर्माता तथा निर्देशक विनोद विष्ट, निर्देशक समाजकी अध्यक्ष नतसेष्ठ, चलचित्र पत्रकार सङ्घका अध्यक्ष तथा सञ्चारकर्मी शान्तिप्रिय लगायतले चलचित्रको ट्रेलर सार्वजनिक गरेका थिए । साहित्यकार झमक घिमिरेको जीवनमा आधारित चलचित्र ‘जीवन काँडा की’को ट्रेलर सार्वजनिक पछि अतिथिहरुले ट्रेलर हेर्दा चलचित्र राम्रो बनेको भन्दै चलचित्रलाई सुभकामना दिएका थिए । चलचित्र पत्रकार सङ्घकी उपाध्यक्ष गीता अधिकारीले सहजीकरण गरेको कार्यक्रममा नायिका तथा गायिका सारिका घिमिरले स्वागत मन्तव्य राखेकी थिइन ।

झमक घिमिरेको कथा, मा उपाध्याय बरालको पटकथा÷संवाद रहेको चलचित्रमा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । प्रकाशकै सङ्गीत रहेको गीतमा गौतमको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन् । शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन, रिता बलामी र विमला तामाङको मेकअप रहेको यो चलचित्रको सह निर्माता गौतम भने कार्यकारी निर्मातामा बद्री चौहान र उमेश रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु