• गीतकार हरि उप्रेतीको शब्द सिर्जनामा सुनिताको ”शंकाले लंका जलाउछ” भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: ४ बैशाख २०७७, बिहीबार

    काठमान्डाँै ।
    नेपाली सुगम संगीतमा सर्वाधिक रोजाईमा पर्न सफल गायिका सुनिता थेगीमको आवाजमा रहेको ”शंकाले लंका जलाउछ ”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र जिवनका विविध आरोह अवरोहहरुलाई गीतमा समेटिएको छ । गीतमा प्रेमलाई नजिक बाट ब्यक्त गरिएको छ ।

    मायालु प्रेमील जोडीको मनको भावनालाई गीतमा समेटिएको कारणले पनी सम्पुर्ण दर्शक तथा स्रोताको मनमा बस्न गीत सफल हुने गायिका सुनिताले बताइन । गीतकार तथा समाजसेवी हरी उप्रेतीको शब्द सिर्जना तथा विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतको लिरिकल भिडियोलाई शान्ती इन्टरटेन्मेन्टले डिजिटल बजारमा ल्याएको छ ।

    ”शंकाले लंका जलाउछ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु