हरि उप्रेती, विकास चौधरी र सत्यकला राईको सहकार्यमा ‘¥याइँ ¥याइँ सारङ्गी’

म्यूजिक खबर
प्रकाशित: २२ कार्तिक २०७७, शनिबार

काठमाडौं । लोकप्रिय गीतकार एवं गजलकार हरि उप्रेतीको शब्द सिर्जनामा पछिल्लोपटक बजारमा आएको गीत हो ‘¥याइँ ¥याइँ सारङ्गी’ । गीतकार उप्रेतीको शब्दलाई लोकप्रिय संगीतकार विकास चौधरीले संगीत सिर्जना गरेका छन् भने लोकप्रिय गायिका सत्यकला राईले स्वर दिएकी छन् ।

उप्रेतीको आधुनिक गीतिसंग्रह ‘करुणा–२’मा समावेश रहेको गीत ¥याइँ ¥याइँ सारङ्गीको संगीत संयोजन पनि विकास चौधरीकै रहेको छ ।

‘¥याइँ ¥याइँ सारङ्गी’ को म्यूजिक भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका छन् भने भिडियोमा मोडल रितु पौडेल र रञ्जन श्रेष्ठको अभिनय रहेको छ। विशेष कार्यक्रमकाबीच सार्बजनिक गरिएको ‘¥याइँ ¥याइँ सारङ्गी’ भिडियोका निर्मात्री राधिका उप्रेती हुन् भने सम्पादन रहेको माधव वेलबासेको। भिडियोको छायाँङ्कन आवेश बज्राचार्यले गरेका हुन् । त्यस्तैगरी साउण्ड डिजाइन स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ्ग तथा मास्टरिङ भोला पौडेलले गरेका छन्। भिडियोलाई एचपी इन्टरटेनमेन्टको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु