• हरि उप्रेतीको रचना र चन्द्र सिंहको संगीतमा तुलसीले ल्याए ‘तिमी मेरो जीवनको’

    म्यूजिक खबर
    प्रकाशित: २३ भाद्र २०७७, मंगलवार

    काठमाडौं । प्रवासमै रहेर गीत सिर्जनामा लागेका गीतकार हरि उप्रेतीको शब्द रचनामा बजारमा आएको गीत हो ‘तिमी मेरो जीवनको’ । जसमा चन्द्र सिंह घलेको संगीत रहेको छ भने गायक तुलसी शिवाकोटीको स्वर रहेको छ । लामो समय देखि गीत संगीतमा निरन्तर रुपमा प्रबासमा बसेर सक्रियता देखाइरहेका गायक तुलसी शिवाकोटीले कोरोनाको कहरलाई जित्दै पनि गीतको भिडियो बजारमा ल्याएका छन् ।

    हरि उप्रेतीको शब्द शृजनामा चन्द्र सिंह घलेको संगीत रहेको गीतमा अनिता तामागं र तुलसी सिवाकोटीको अभिनय देख्न सकिन्छ । एब्लोजन तामागंको निर्देशन रहेको गीत बजारमा आएसँगै राम्रो प्रतिक्रिया पाएको निर्माण यूनिटले जनाएको छ ।
    प्रवासको बसाइ आफ्नो काम परिवार र संगीत एकै साथ अगाडि बढाउनु धेरै चुनौतीको कुरा हो । तर पनि प्रवासमा बसेर आफ्नो कला संस्कृतिको जगेर्ना र गीत संगीत क्षेत्रमा गायकम सिवाकोटीले योगदान दिइरहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु