‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ भन्दै हरिहर र क्रिस्टिनको रोमान्स !

म्यूजिक खबर
प्रकाशित: २५ पुष २०७५, बुधबार

ज्योतिष हरिहर अधिकारीले अभिनय गरिरहेको चलचित्र ‘शुभ लभ’ को हाल धमाधम छायांकन भैरहेको छ । यो चलचित्रको एक गीतको छायांकन पोखरामा गरिएको छ । ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ बोलको गीतको छायांकनमा हरिहर र चलचित्रकी नव–नायिका क्रिस्टिन पौडेललाई फिचरिङ गरिएको छ । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।

यो गीतको भिडियोमा रिसाएकी नायिकालाई नायकले फकाइरहेको देखाइएको छ । यो चलचित्र चैत्रको १५ गतेबाट रिलिज हुँदैछ । भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ । प्रदिपकुमार उदयले चलचित्रको निर्माण गरिरहेका हुन् । चलचित्रमा सरोज खनाल, राजाराम पौडेल, डाक्टर सूर्य थापा, प्रदिप बास्तोला लगायतको मुख्य भूमिका छ ।

चलचित्रको सम्पुर्ण छायांकन सकिएको चलचित्र को दुई गीतको छायांकन बाँकी रहेको थियो त्यही मध्ये एक गीतको छायांकन अहिले चलिरहेको छ ।

 

 

गोपी हट होला कि नहोला, तर प्रचार शैली भने यसरी हट हुँदैैछ (फोटो फिचर)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु