गोपी हट होला कि नहोला, तर प्रचार शैली भने यसरी हट हुँदैैछ (फोटो फिचर)

म्यूजिक खबर
प्रकाशित: १८ पुष २०७५, बुधबार

काठमाडौं । चलचित्र गोपी आगामी माघ १८ गतेदेखि प्रदर्शनमा आउन लागेको छ । चलचित्र कस्तो होला त्यो प्रतिक्षाको विषय भइरहँदा प्रचारशैली भने पोखराको डाँडाकाँडा मात्र होइन सम्पूर्ण नेपाली फिल्मका दर्शकलाई चासो हुने गरी गरिएको छ । चलचित्र कस्तो चल्छ होला भन्ने अनुमान भन्दा पनि प्रचार कसरी गर्ने भन्ने शैली सिकाउँदै छन् चलचित्र ‘गोपी’ समूहले ।

केही समय अगाडि मात्र नेपाल भित्रिएको नेपालकै एक मात्र हट एयर बलुनमा आफ्नो पोस्टर टाँसेर फिल्मले पोखरामा प्रचार सुरु गरेको हो । ‘पछिल्लो समय हट एयर बलुनमा मानिसहरुको आकर्षण बढ्दै गएको छ । त्यसको फाइदा उठाउँदै गोपीको प्रचार अझै प्रभावकारी होला भन्ने अभिप्रायले हामीले फिल्मको प्रचार हट एयर बलुन मार्फत गरेका हौँ’, फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेलले भने । फिल्मले माघको जाडोमा गोपी हट होला कि नहोला तर हट बलुनमा भने गोपीले बजार तताएको छ ।
चलचित्रमा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त लगायतको मुख्य भूमिका रहेको छ भने चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु