सञ्चारकर्मी हरिरामले लेखेको ‘पिरतीको गीत’, मा बबिनाको स्वर र संगीत

म्यूजिक खबर
प्रकाशित: १४ माघ २०८०, आईतवार

काठमाडौं । लामो समय सञ्चारक्षेत्रमा सक्रिय रहेका हरिराम पौडेलले बेलाबखत गीत पनि लेख्ने गरेका छन् । यहि क्रममा पौडेलले यतिबेला ‘पिरतीको गीत’ लेखेका छन् । गीतको बोलजस्तै गीतमा प्रेम समर्पणको भाव पोखिएको छ ।

गीतमा गायिका बबिना भट्टराईको कर्णप्रिय स्वर सुन्न सकिन्छ । त्यस्तै गीतका लागि संगीत समेत स्वयं बबिनाले भरेकी हुन् । पछिल्लो समय बबिना गायन र संगीतमा एकसाथ अगाडि बढिरहेकी छिन् । ‘पिरतीको गीत’ गीतलाई उनै गायिका एवं संगीतकार बबिनाले बजारमा ल्याएकी हुन् ।

गीतको एरेन्ज सञ्जय श्रीपालले गरेका हुन् भन् मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ ।

म्युजिक नेपालको स्टुडियोमा रेकडिङ गरि जस्केलो क्रियशनद्वारा निर्मित गीतको भिडियोमा बबिना आफै फिचर्ड छिन् । गीतलाई बबिना भट्टराईको अफिसियल यु्ट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
बबिना एक दशकभन्दा लामोसयदेखि सांगीतिक क्षेत्रमा सक्रिय छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु