मार्मिक र सुमधुर गीत ‘जहाँ छोड्यौ तिमीले’

म्यूजिक खबर
प्रकाशित: ५ कार्तिक २०७७, बुधबार

काठमाडौ । केकी अधिकारी र गौरव पहाडी फिचर्ड ‘जहाँ छोड्यौ तिम्ले’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वर स्वरूपराज आचार्यको सुन्न सकिन्छ भने शब्द एस एस गणेश र संगीत दवान किनारको रहेको छ । गीतलाई संगीत संयोजन समेत संगीतकार किनारले नै गरेका हुन् ।

भिडियोमा केकी र गौरवको उत्कृष्ट अभिनय देख्न सकिन्छ । पशुपती म्युजिकले बजारमा ल्याएको भिडियोलाई निसान घिमिरे कस्यपले निर्देशन गरेका हुन् । उत्सब दाहालले छायांकन गरेका भिडीयोमा ज्वतीको मेकअप र सम्पादन निर्देशक कस्यपकै देख्न सकिन्छ ।

भिडियोमा एउटा सामान्य पेशा गरेर जीविका चलाईरहेको परिवारको वियोगान्त कथा समेटिएको छ । यथार्थपरक दृष्य समेटिएको यस भिडियोमा धन देखेपछि मान्छेको नैतिकता, इमान, वाचा-कसम, प्रेम र विश्वास कसरी डगमगाउँछ भन्ने कुरा देखाईएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु